Logo

धारिलो हतियार प्रयोग गरी ज्यान मार्ने पक्राउ



काठमाडौं, २४ भदौ । धारिलो हतियार प्रयोग गरी ज्यान मार्ने अभियुक्त प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका(२ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका ३ घर भएका भिमसेन भण्डारी रहेका छन् । काठमाडौं महानगरपालिका ३४ महादेवस्थान बस्ने अशोक राईको हत्या गरी फरार भएका उनलाई भक्तपुर नगरपालिका २ स्थित बसपार्कबाट २३ भदौमा प्रहरीले पक्राउ गरेको हो ।

२०५८ साउन ७ गते काठमाडौं महानगरपालिका ३४ महादेबस्थान टोलमा निर्माणाधिन घरको सामानहरु कुर्न बसेका राईलाई मादक पदार्थ सेवन गर्ने क्रममा विवाद हुँदा धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका भण्डारीलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले पक्राउ गरेको हो ।

काठमाडौं बानेश्वरस्थित भट्टी पसलमा वादविवाद भएपछि राईले गालामा थप्पड हानेको विषयलाई लिएर भण्डारीले उनी बस्ने ठाँउमा एक्लै गई धारिलो हतियार प्रहार गरी हत्या गरेको र त्यस पश्चात लुकिछिपी भक्तपुर जिल्लाको एरियामा अस्थाई सह – चालकको रुपमा बिभिन्न गाडीहरुमा काम गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

भण्डारीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको उक्त व्यूरोले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot