Logo

पेस्तोल खोस्दा गोली लागेपछि ….



सर्लाही, ३० भदौ । गोली प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईश्वरपुर नगरपालिका ११ बस्ने रन्जित राय र उमेश साह रहेका छन् । ईश्वरपुर नगरपालिका ११ बस्ने राजेश साहलाई सोही नगरपालिका १० खैराबजार नजिक २७ भदौको साँझ गोली प्रहार गरी घाइते बनाएको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

रायले चलाएको मोटरसाइकलमा खैराबजार गएका राजेश साहले सोही ठाउँस्थित निर्माणधिन घरमा आफ्नो साथमा बोकी राखेको पेस्तोल निकाली आफ्ना भाइ उमेश साहलाई देखाएका थिए । उमेशले उक्त पेस्तोल लिई आकाशतर्फ एक राउण्ड फायर गर्दा घरको छतमा सानो प्वाल परेपछि रंजितले पेस्तोल खोसी आफ्नो साथमा राख्ने क्रममा पड्किदा राजेशको पेटमा गोली लागेर घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घाइते राजेशको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको छ ।

उनीहरुले बताए अनुसार उक्त निर्माणधिन घरबाट गोलीको खोका एक थान,सोही नगरपालिका ११ स्थित खैरातर्फ जाने बाटोको झाडीमा, गोलीको खोका अडकीएको अवस्थामा मेडइन यूएसए लेखेको पेस्तोल एक थान, उक्त पेस्तोलमा प्रयोग हुने गोली दुई राउण्ड र म्याग्जिन एक थान प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot