Logo

बिहीबारका दिन यस कारण गरिन्छ भगवान विष्णुको पूजा



काठमाडौं, असोज २ । बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको लागि विशेष मानिन्छ । यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने जन विश्वास रहेको पाइन्छ ।

पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्ने शास्त्रमा उल्लेख छ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गर्नाले घन सम्पत्ति जोड्नमा सफल भईने हिन्दु धर्मशास्तत्रले बताउन्छ ।

त्यहि मान्यताअनुसार हिन्दु धर्मको परिधि त्रित्र ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ ।

यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ ।त्यसो त राशिचक्र अनुसार धनु र मीन राशिका स्वामी पनि बृहस्पतिलाई नै मानिन्छ ।

ज्ञान र बुद्धिका दाता समेत मानिन्छ । त्यसैले विहीबारका दिन बृहस्पतिको पूजा गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot