Logo

मोटरसाइकल चोरी गर्ने युवक पक्राउ



काठमाडौं, ८ असोज । पार्किङको मोटरसाइकल चारी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कागेश्वरी मनहरा नगरपालिका ७ बस्ने सुसन परियार रहेका छन् ।

सोही नगरपालिका स्थित पार्किङ गरी राखेको बा.७० प ६८८६ नम्बरको मोटरसाइकल चोरी गर्ने परियारलाई ७ असोजको राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त मोटरसाइकल चोरी गरी लैजान लागेको अवस्थामा परियारलाई सवारीधनीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरे पश्चात महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot