Logo

व्यापार सहजिकरणमा ध्यान दिन भन्सारलाई अर्थमन्त्रीको निर्देशन



काठमाडौं, ९ असोज । अर्थमन्त्री डा युवराज खतिवडाले पारदर्शी र कुशल रुपमा काम गर्न भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको स्थलगत निरिक्षणको क्रममा उनले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउनेगरी व्यवसायमैत्री काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।राजश्व प्रशासनका कर्मचारीले स्वच्छता कामग गर्नमा समेत जोडदिन उनले निर्देशन दिएका थिए ।

अन्र्तराष्ट्रिय ब्यापारलाई सहज बनाई व्यवसायीमत्री सेवा दिनुपर्ने उनको भनाई रहेको थियो । भन्सारमा रहेका मालबस्तु तथा सामानको समयमै लिलाम तथा निकासी गरि काम नलाग्ने बस्तुलाई स्टलमा नराख्न पनि उनले निर्देशन दिएका छन् ।

विमानस्थल विदेशी पाहुनाको लागि पहिलो प्रभाव पर्ने स्थल भएकाले ुनेपाल भ्रमण वर्ष २०२०ु को तयारीका लागि नागरिक उडड्यन विभागसँगसमेत सहकार्य गर्नुपर्ने अर्थमन्त्री डा।खतिवडाको भनाई छ ।

उनले विमानस्थलमा भौतिक पूर्वाधारको समस्यालाई नागरिक उडड्यन प्राधिकरणसँग सहकार्य गरेर व्यवस्थापन गरिने प्रतिवद्धता व्यक्त गरे।आजको गोर्खापत्रमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot