Logo

हुण्डी कारोबारमा संलग्न दुई युवक पक्राउ



पर्सा, १६ असोज । हुण्डी कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरजंग महानगरपालिका वडा नम्बर १६ बस्ने आवाश अलि र सोही ठाउँ बस्ने अस्ताक आलम रहेका छन् । उनीहरुलाई १३ असोजको राती प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नम्बर ४ नारायणी अस्पताल अगाडि सडकमा बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतको चेकजाँच गर्ने क्रममा फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले ना.४९ प ६८२४ नम्बरको मोटरसाइकल चालक अलि र ना. ५७ प ३०६ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने आलमको साथबाट स्रोत खुलाउन नसकिएको अवैध नगद १२ लाख ४ हजार ५ सय रुपैया फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । ।



प्रतिक्रिया दिनुहोस्

Screenshot