Logo

अष्ट्रेलियासँग कम गोल खाने रणनीति सफल (खेलमा के के भयो)



काठमाडौं, २३ असोज । अष्ट्रेलियासँग कम गोल खाने नेपाली टोलीको रणनीति सफल भएको छ । बिहिबार भएको विश्वकप छनोटमा उसकै घरेलु मैदानमा खेल्नुपर्दा नेपाल दबाबमा थियो । त्यसमाथि अष्ट्रेलिया फुटबलमा नेपालभन्दा निकै बलियो टोली हो ।

विश्वकप धेरैपटक खेलिसकेको टोलीमा विश्व प्रशिद्ध क्लबहरुमा आवद्ध खेलाडीहरु छन् । अनुभवी खेलाडीले भरिएको अष्ट्रेलिया फिफा वरियतामा नेपालभन्दा ११७ औं स्थानमा छ । त्यसैले पनि नेपाली टोलीले रक्षात्मक खेल्यो ।

स्ट्राइकरहरुलाई समेत बेन्चमा राखेर रक्षापंक्तिका खेलाडीलाई उतार्यो । नेपाली गोलकिपर र रक्षापंक्तिका खेलाडीहरु व्यस्त रहे ।

खेलमा के के भयो

  • छैंठो मिनेटमा जेमी म्याकल्यारेनको गोल
  • १९ औं मिनेटमा जेमी म्याकल्यारेनको गोल
  • २३ औं मिनेटमा हेरी सुटरको गोल
  • ५९ औं मिनेटमा हेरी सुटरको गोल
  • ६२ औं मिनेटमा मोयको स्थानमा गियानु उतारिए
  • ६६ औं मिनेटमा अविशेक रिजाको ठाउँमा बिमल मगर मैदानमा
  • ७१ औं मिनेटमा गुडविनको स्थानमा अजडिन रुस्टिक
  • ७७ औं मिनेटमा लेकीको स्थानमा अवेर माविल मैदानमा
  • ७९ औं मिनेटमा अञ्जन बिष्टको स्थानमा रञ्जित धिमाल
  • ८४ औं मिनेटमा रञ्जित धिमाललाई पहेंलो कार्ड
  • ९० औं मिनेटमा जेमी म्याकल्यारेनको गोल, ह्याट्रिक

File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot