Logo

रिजर्भको बाहाना बनाएर यात्रु ठग्दै यातायात व्यवसायी



दोलखा, २९ असोज । जिल्लाको लापिलाङ गाउँका महेश खत्री दसैं मनाएर राजधानी फर्किने गाडी चढ्न आइतबार चरिकोटस्थित सातदोबाटो चोकमा रहेको बस काउन्टरमा पुगे।

काउन्टरले टिकट सकिएको जनाउ दियो। बाहिरपटि बसेका एउटा बसका सहचालकले राजधानी जाने भए रिजर्भमा गाडी छ तर एक हजार भाडा लाग्छ भनेर उनको कान फुक्न पुगे। जानैपर्ने भएकाले उनी एक हजार तिर्न राजी भए।

महेश खत्री त प्रतिनिधि पात्र मात्र हुन्। रिजर्भको नाममा यात्रु बोक्ने सार्वजनिक बसले चर्को भाडा असुलेर यात्रु ठगिरहेका छन्।

दसैंका यात्रुको चाप बढेको फाइदा उठाउँदै दोलखा आसपासमा सञ्चालित अरनिको र रोल्वालिङ यातायातले चार गुणासम्म बढी भाडा असुलेर यात्रु ठगिरहेको चारैतिरबाट गुनासो आइरहेको छ। यात्रुका अनुसार मंगलबारसम्म पनि बसका कर्मचारीको यो कार्य जारी छ।

चरिकोटबाट काठमाडौं पुगेको भाडा ३ सय ६० रुपैयाँ पर्छ। तर यी दुई समितिका गाडीले १ हजार रुपैयाँसम्म असुलिरहेका छन्।

रिजर्भ भन्दै १ हजार रुपैयाँ लिइरहेका बसहरूले बाटोमा ट्राफिकले सोधे ३ सय ६० रुपैयाँ तिरेर आएको बताउन बाध्य पार्ने गरेको यात्रुहरू बताउँछन्। आजको नागरिक दैनिकमा रमेश खतिवडाले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot