Logo

नेकपाको चियापान, विकास धनाढय वर्गले देखेनः ओली



काठमाडौं, ३० असोज । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएको विकास निर्माणको काम धनाढ्य वर्गका व्यक्तिले नदेखेको बताएका छन् ।

दसैं, दिपावली तथा छठलगायत पर्वको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी नेकपाले बुधबार काठमाडांैको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गरिब र मध्यम वर्गले सरकारले गरेको कामको प्रशंसा गरेको बताएका छन् ।

गरिब र मध्यम वर्गका मानिसको जीवनस्तर माथि रहेको तर केही धनाढ्य माथिल्लो स्तरकाले सरकारको आलोचना गरेको आरोप लगाएका छन् । सरकारले समृद्ध नेपाल निर्माणका लागि अभियान सुरु गरेसँगै नेपालमा गरिबी निवारण हुँदै गएको उनले दाबी गरे ।आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्