Logo

सडिओसहितको प्रहरी टोलीले गाँजा देख्यो जङ्गल फँडानी गरी प्लटिङ्ग गरेको देखेन



ललितपुर, ६ कात्तिक । ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसादसहित प्रहरीको ठूलो समूह महालक्ष्मी र गोदावरी नगरपालिकाको सीमानामा पर्ने लाकुरेभञ्ज्याङदेखि माथिको वस्तीमा पुग्यो । त्यहाँ सयौं रोपनीमा लगाइएको गाँजा नष्ट गर्यो ।

योजनावद्ध तरिकाले लगाइएको गाँजा अवैध थियो । स्थानीयले लगाएको गाँजा खेती नष्ट गरियो । तर, त्यही क्षेत्रको डाँडाको फेदतिर धमाधम वन इलाका फडानी गरी प्लटिङ भइरहेको छ । पहाड नै फोरेर माटो र ढुंगा अवैध तरिकाले बेचिएको छ । यसबारे सीडिओ र एसएसपीले तदारुकता देखाएर रोकावट गर्न सकेका छैनन् ।

एसएसपी राईले तत्काल वन इलाकामा डोजर लगाएर काम रोक्न निर्देशन दिएर प्रहरी परिचालन गर्न भनेपनि काम रोकिएको छैन । वन क्षेत्रको दोहोन भइरहेको छ । व्यक्तिगत वन भन्दै पन्छिने काम भएको छ ।



प्रतिक्रिया दिनुहोस्