Logo

महराको तिहार अस्पतालमै



काठमाडौं, । बलत्कार प्रयासको अभियोगमा पक्राउ परेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद कृष्णबहादुर महराको यसपटको तिहार अस्पतालमै वित्ने भएको छ ।

हिरासतमा रहेका उनी आफ्नो स्वास्थ अवस्था राम्रो नभएको भन्दै नर्भिक अस्पतालमा बस्दै आएका छन् । दशैमा गृहजिल्ला जाने योजना बनाएका महरा एकाएक उक्तकाण्डमा परेपछि उनले दशै पनि अस्पतालमै बिताएका थिए ।

केहि दिन पहिलेसम्म बयान दिन अटेर गर्दै आएका महारालाई जिल्ला अदालत काठमाडौंले बिहीबार थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएपछि उनको तिहार पनि अस्पतालमै वित्ने भएको छ ।

पछिल्लो पटक थपिएको पाँच दिनको समय अपुग भएको भन्दै प्रहरीले अनुसन्धान समपन्न गर्न म्याद थपका लागि प्रहरीले अदालतमा निवेदन दिएको थियो ।

संसद सचिवालयकी महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot