Logo

एक हप्ताअघि भेटिएको ३ जनाको शव कस्को ?



गुल्मी । गुल्मीमा भएको एक रहस्यमय घटनाबारे vले अझै सत्य तथ्य पत्ता लगाउन सकेको छैन । एकै ठाउँमा तीन जनाको शव फेला परेको थियो । जिल्लाको चन्द्रकोट गाउँपालिकामा गत १६ गते शब फेला परे पनि अहिलेसम्म पहिचानसमेत हुन सकेको छैन ।

गएको शनिवार गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर तीनमा मृत फेला परेका तीन वटा शवको अझै पहिचान हुन नसकेको हो । । वडा नम्वर तीन हराचौरको जङगलमा फेला परेका तीन वटा शवको अझै पहिचान हुन नसक्दा घटना रहस्यमय बन्दै गएको छ । अन्दाजी ३० वर्षकी महिला र ११–१२ वर्षका दुई वटा बालीककाको शव रक्तामे अवस्थामा फेला परेको थियो भने घटनास्थलमा दुईवटा घन समेत फेला फरेका छन् । सुरुमा शव देख्नेहरुले हत्या भएको हुन सक्ने आशंका गरेका छन् ।

बाटोमा हत्या गरेर जङ्गलमा शव फालिएको हुन सक्ने आशंका गरिएको छ । शब फेला पर्दा टाउकोमा चोट देखिएको थियो । यता जिल्ला प्रहरी कार्यालय गुल्मीले भने शव फेला परेको विषयमा अनुसान्धन भईरहेको बताएको छ । शवको पहिचान नभएपछि कसैको आफन्त हराएको भए सूचना दिन प्रहरीले आग्रह गरेको छ ।

कच्ची सडकबाट ४ मिटरको दुरीमा बेवारिसे अवस्थामा महिलाको शव र सोही स्थानबाट १ मिटर दुरीमा २ वटा बालकको शव फेला परेको थियो । घटनास्थल गुल्मी सदरमुकाम तम्घासबाट ७० किलोमिटर उत्तर पुर्वमा पर्छ । तीन जनाको शब एकै ठाउँमा फेला पर्नु सामान्य घटना होइन । शब फेला परेको एक हप्ता वितिसक्दा पनि अनुसन्धान भने कमजोर भएको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot