Logo

टुँडिखेल जोगाउन उर्लियो जनसागर, नेतादेखि कलाकारसम्मको उपस्थिति (भिडियोसहित)



काठमाडौं, २३ कात्तिक । काठमाडौ उपत्यकावासीहरुले आजबाट अनधिकृत रुपमा टुँडिखेल कब्जा गरिएको भन्दै विरोधमा अभियान संचालन सुरु गरेका छन् । आज टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर टुँडिखेललगायतका खुला र सार्वजनिक स्थान अतिक्रमणको विरोधमा अभियान सुरु गरिएको हो । काठमाडौंको मुख्य स्थानमा रहेको एकमात्र विशाल खुल्ला स्थान टुँडिखेललाई मानव साङ्लो बनाएर घेरिएको छ ।

 

सांस्कृति तथा प्राकृतिक धरोहर जोगाउन भन्दै उनीहरुले हरियो रिवनले टुंडिखेल घेरेर मानव साङ्लो बनाएर सांकेतिक बिरोध गरेका हुन् । पछिल्लो समय टुंडिखेललाई फोहोरमैला थुपार्ने, विभिन्न भौतिक संरचना बनाउनका लागि आवश्यक सामाग्री थुपार्ने स्थानको रुपमा परिणत गरीएको छ । अतिक्रमणबाट जोगाउन दबाब दिने उद्देश्यले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान सञ्चालन गरिएको छ । विश्व स्वतन्त्रता दिवसको अवसर पारेर टुँडिखेलमा मानव साङ्लो बनाएर अभियानको औपचारिक सुरुवात गरीएको हो ।

तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानले जानकारी दिएको छ । टुँडिखेललाई कुनै समय एसियाकै ठूलो परेड मैदानको रुपमा लिइन्थ्यो । तर सर्वसाधरणको लागि सधै खुल्ला हुने खुल्ला स्थान टुँडिखेल अहिले सार्वसाधारणको पहुँचमा छैन । बिभिन्न बाहना र नाममा टुंडिखेल अहिले अतिक्रमित भएको छ ।



प्रतिक्रिया दिनुहोस्