Logo

अयोध्या मुद्दामा अदालतको फैसलालाई राहुल गान्धीको सम्मान



अयोध्याको जमिनको मुद्दामा भारतीय सर्वोच्च अदालतले गरेको फैसलाप्रति कँग्रेस आईका नेता राहुल गान्धीले सम्मान व्यक्त गरेका छन् । उनले अदालतको फैसलाको सम्मान गर्ने भन्दै जनतालाई संयम हुन भने ।

राहुलले ट्वीट गर्दै भनेका छन्, ‘सुप्रीम कोर्टले अयोध्या मुद्दामा फैसला सुनाइदिएको छ । कोर्टको यो फैसलाको सम्मान गर्दै हामी सबैले आपसी सद्भाव कायम राख्नुपर्छ ।’

भारतभित्र अदालतको फैसलामा कसैले जीतमा खुशी र हारमा दुःख व्यक्त गरेको अवस्था छैन । यसलाई भारतीय मिडियाले निकै सकारात्मक विषय भनी समाचार प्रकाशित गरिरहेका छन् ।

-एजेन्सी



प्रतिक्रिया दिनुहोस्