Logo

श्री कपिलेश्वर महादेव मन्दिर निर्मार्णाथ श्रीमद्भागवत ज्ञानमहायज्ञ हुने



काठमाडौं, २७ कात्तिक । यही कार्तिक ३० गते शनिबार सन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नम्बर १ जलविरे दोबाटेस्थित् प्रसिद्ध ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल पवित्र पुण्य (देवपतन) भूमीमा श्री कपिलेश्वर महादेव मन्दिर निर्मार्णाथ श्री पशुपतिनाथ क्षेत्रको उमाकुण्ड परिसरमा श्रीमद्भागवत ज्ञानमहायज्ञ हुने भएको छ ।

आयोजक जागृति समूह हगाम–नेपाल परिवारले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त महायज्ञबारे जानकारी गराईएको हो । महायज्ञको प्रमुख वाचक पं. रामशरण सापकोटाबाट शुभारम्भ हुने पनि आयोजक संस्थाका अध्यक्ष पूर्ण श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले उक्त महायज्ञमा सहभागी भई धार्मिक लाभ प्राप्त गरी जीवन सार्थक बनाउन आग्रह गरेका छन् । त्यसैगरि देवघाट, बराहक्षेत्र चतराधाम, स्वर्गद्धाराी र कपिलेश्वर धामममा गरिने जानकारी गराईने पनि उनले जनाए ।

उनकाअनुसार २०७६ कार्तिक ३० गते शनिबार बिहान ११ बजे कलश यात्रा चन्द्रविनायक गणेश मन्दिर चाबहिलबाट शुभारम्भ हुनेछ । कथा प्रारम्भ भने २०७६ मंसिर १ गते आइतबार विहान ११ बजे हुनेछ ।

कार्यक्रममा उक्त श्रीमद्भागवत ज्ञानमहायज्ञ सफल बनाउनको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा उक्त संस्थाका सल्लाहकार आरके ढकालले महायज्ञमा सहभागी हुन सबैलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot