Logo

कालापानीमा भएको जनगणनाको प्रमाण भेटियो



काठमाडौं, कार्तिक २८ । नेपालले कालापानीको भू–भाग नेपालकै भएको दाबी गर्दै आएको छ । यससम्बन्धी जनगणनाको लिखित प्रमाण केन्द्रीय तथ्यांक विभागमा सुरक्षित रहेको जनाइएको छ ।

विभागले कालापानी क्षेत्रमा २०१८ सालमा भएको जनगणनाको प्रमाण सुरक्षित रहेको बताएको छ । विभागका निमित्त निर्देशक निवेन लाल श्रेष्ठले २०१८ सालमा नेपाललाई ३५ जिल्लामा विभाजन गरिएको र बैतडी जिल्लाअन्तर्गत कालापानी क्षेत्रको जनगणना भएको प्रमाण विभागमा सुरक्षित रहेको बताए ।

त्यस्तै, २०२८ सालमा कालापानी क्षेत्र समेटिएको गाउँ विकास समितिका सम्बन्धमा अझै विस्तृत जनगणना भएको तथ्यांक विभागमा सुरक्षित रहेको विभागले जनाएको खवर आजको राजधानी दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्