Logo

उपसभामुखले प्रधानमन्त्रीलाई टेरिनन्



काठमाडौं, ४ मंसिर । संघीय संसदकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पदबाट तत्काल राजीनामा नदिने भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा बोलाएर राजीनामा दिन गरेको आग्रह उनले अस्विकार गरेको बालुवाटार स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले उनलाई मन्त्री बनाउने वचनबद्धतासहित उपसभामुखबाट राजीनामा दिन सुझाएका थिए । तर, उनले तत्काल राजीनामा नदिने भन्दै बाहिरिएकी थिईन् ।

संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा मुछिएपछि अहिले संघीय संसदको सभामुख पद खाली छ । तुम्बाहाम्फेले आफू नै सभामुख बन्ने दाबी गर्दै आएकी छिन्। तर, नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले भने उनलाई उपसभामुखबाट राजीनामा गराएर नयाँ मान्छे सभामुख बनाउने तयारी गरेका छन् ।

सभामुखमा नेकपाबाट देवप्रसाद गुरुङ, अग्निप्रसाद सापकोटा, सुवासचन्द्र नेम्वाङलगायतका नेताहरुको नाम चर्चामा छ । यद्धपी नेम्वाङले भने आफू सभामुख नबन्ने स्पष्ट पारिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot