Logo

सीमा बचाऊ अभियानबाट ‘नेपालको नक्शा’



काठमाडौं, ६ मंसिर । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्शा तयार गरेको छ । नक्शा एक सातापछि औपचारिक रुपमा सार्वजनिक गरिने भएको छ ।

नागरिक समाजका तर्फबाट सीमा बचाऊ अभियान, नक्शा समितिका सदस्य सीमाविद् कोमल चन्द्र बरालले एक हप्ताभित्र लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्शा तयार पारी विश्वव्यापी रुपमा उक्त नक्शा सार्वजनिक गर्ने जानकारी दिए । बराल स्वयं कालापानीबारे शोधपत्र तयार गरेका शोधकर्ता समेत हुन् ।

राजनीतिक नक्शामा लिम्पियाधुरालाई काली नदीको मुहान मानिएको छ । लिम्पियाधुरा, कुटी, लिपुलेक देखि कालापानी क्षेत्र सबै नेपाली भूभागमा छ । नेपालले यी सबै क्षेत्र आफ्नो रहेको दाबी गर्दै आएको छ । भारतले नयाँ नक्शामा यी क्षेत्र आफ्नो क्षेत्रमा देखाएको छ । त्यसको नेपालतर्फ व्यापक विरोध भइरहेको छ । नक्शा स्रोतः सीमा बचाऊ अभियान



प्रतिक्रिया दिनुहोस्

Screenshot