Logo

पाँच ‘भर्जिन’ हिमालमा आरोहण



काठमाडौं, मंसिर ९ । यस वर्षको शरदकालीन आरोहणमा ६ हजार मिटर अग्ला पाँचवटा ‘भर्जिन’ हिमालको चुचुरामा आरोही पुगेका छन् । गोरखाको मानसिरी हिमशृंखलामा पर्ने ६ हजार ६ सय २० मिटर उचाइको पाङपोचे प्रथम तथा ६ हजार ५ सय ४ मिटर उचाइको पाङपोचे दोस्रो, खुम्बु क्षेत्रको महालंगुर हिमशृंखलाको ६ हजार ८ सय ३३ मिटर उचाइको हाङकु चुली तथा सुरा पिक भनिने ६ हजार ७ सय ६४ मिटर उचाइको हांगु र दोलखाको रोलवालिङ क्षेत्रमा पर्ने ६ हजार ६ सय ५९ मिटर उचाइको लिंकु चुली दोस्रोको आरोहण विदेशीले गरेको पर्यटन विभागले जनाएको छ ।

विभागका अनुसार, तीन जना जर्जियाली आरोहीको समूहले असोजमा पश्चिम क्षेत्रमा पर्ने पाङपोचे प्रथम र पाङपोचे दोस्रो आरोहण गरेको थियो । सातुरी एडभेन्चर प्रालिका प्रबन्ध निर्देशक ऋषि भण्डारीका अनुसार उनीहरूले ४५ दिनमा दुवै चुचुरो आरोहण गरेका थिए । सातुरीले हरेक वर्ष नेपालमा आरोहण नभएका हिमचुचुरामा विदेशी आरोहीलाई लगेर बाटो खोल्ने गरेको छ । यी हिमालका लागि प्रतिव्यक्ति २ सय डलर सलामी आरोहण दस्तुर लिइएको थियो ।

रोलवालिङ क्षेत्रमा पर्ने लिंकु चुली दोस्रोमा चार मुलुकका ७ जनाले पहिलोपटक आरोहण गरेका थिए । कान्तीपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्