Logo

रुसी राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्ता



काठमाडौँ, १० मंसिर। नेपाल सरकारले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएको छ । रुसको भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका राष्ट्रपति महामहिम भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको लागि पठाएको औपचारिक निमन्त्रण पत्र हस्तान्तरण गरेका हुन् । त्यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका प्रधानमन्त्री दिमयित्री मेदभेदेवलाई नेपाल भ्रमणका लागि गरेको निमन्त्रणमा हस्तान्तरण गरिएको छ । औपचारिक निमन्त्रणापत्र मन्त्री ज्ञवालीले विदेशमन्त्री लाभ्रोभलाई सोमबार नै हस्तान्तरण गरेका हुन् ।

यस्तै परराष्ट्रमन्त्री ज्ञावालीले विदेशमन्त्री लाभ्रोभलाई पनि नेपाल भ्रमणको लागि आमन्त्रित गरेको बताएका छन् । नेपालमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उच्चस्तरीय भ्रमणको चर्चा चल्दैगर्दा यसरी औपचारिक निम्ता पठाइएको हो । दुई देश बीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानले आपसी सम्बन्धलाई नयाँ उचाइमा र्पुयाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहितको उच्च प्रतिनिधिमण्डलले सोमबार रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभसँग भेटवार्ता गर्ने भएको छ । उनले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार रुस र सर्वियाको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए । मन्त्री ज्ञवाली सहितको प्रतिनिधमण्डलले रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभ सहितको रुसी प्रतिनिधिमण्डलसँग भेटवार्ता नेपालका लागि निकै फलदायी रहेको उनले प्रतिक्रिया दिएका छन् ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot