Logo

प्रधानमन्त्री ओली एक्सनमा, के के गर्लान् ?



काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली निकै आत्मविश्वासका साथ अस्पतालबाट डिस्चार्ज भए । केही दिन बालुवाटारमा आराम गर्ने भनिएपनि बिहिबारबाट काम थालिसकेका छन् ।

ओलीले निकटस्थ र सल्लाहकारहरुसँग परामर्श थालेर सरकारको कामकारबाहीलाई कडाईका साथ अगाडि बढाउने भएका छन् । काठमाडौं उपत्यकामा कहीं पनि खाल्डाखुल्डी नराख्न दिएको निर्देशन पालना भए नभएको जानकारी लिइसकेका छन् । उनको निर्देशन बमोजिम खाल्डाखुल्डी धमाधम पुर्ने कामले गति लिएको छ ।

ओलीले चौमासिक प्रगतिबारे बुझ्न शुरु गरिसकेका छन् । उनले हरेक मन्त्रालयमा अत्यावश्यक काम भए नभएको समेत बुझेका छन् ।
१३ औं साग खेलकुदमा नेपालको प्रदर्शनबारे समेत ओलीले चासो लिइरहेका छन् । उनले कतिपय खेल अस्पतालमा बसेर हेरेका थिए । सागमा नेपालको प्रदर्शनबाट ओली उत्साही भएको बुझिएको छ ।

अब मन्त्रिपरिषद् बैठक डाकी महत्वपूर्ण निर्णयहरु लिने बुझिएको छ । विभिन्न निकायमा नियुक्ति र निर्णयहरु गरिने तयारी भइसकेको छ ।
सभामुख नियुक्तिको प्रक्रियामा ओली अगाडि बढ्ने भएका छन् । त्यसका लागि पार्टीभित्र आन्तरिक छलफल अस्तालमा रहँदा पनि गरिसकेका छन् ।

संवैधानिक निकायमा रिक्त पदहरुको नियुक्तिमा ओली अगाडि बढ्ने भएका छन् । सत्यनिरुपण आयोग, महिला आयोगलगायत आयोगहरुमा पदाधिकारी खाली छ । यसका लागि ओलीले भरसक सहमति गर्ने नभए कानुन परिवर्तन गरेर भएपनि सवैधानिक व्यवस्था गरेर अगाडि बढ्ने तयारी गरेका छन् ।

ओली निकटस्थका अनुसार विकास निर्माणको काममा ढिलाई गर्नेमाथि कडा कदम चाल्ने गरी ओली एक्सनमा उत्रने भएका छन् । उनले विकास निर्माणमा ढिलाई गर्ने र अनियमितता गर्नेमाथि सुन्य सहनशीलता अपनाउने गरी नीति बनाइसकेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्