Logo

सीमा विवादमा भारतसँग वार्ताको तयारी



काठमाडौं, २० मंसिर । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल भारतको सीमा विवाद समाधानको वार्ताको तयारी भइरहेको बताएका छन्। परराष्ट्र मन्त्री ज्ञवालीले सीमा बचाउ अभियानकातर्फबाट लिम्पियाधुरासहितको नक्सा हस्तारन्तण गर्न गएको टोलीलाई सीमा विवाद समाधानको गृहकार्य भइरहेको जानकारी गराएका हुन्।

मन्त्री ज्ञवालीले प्रधानमन्त्रीस्तरमा, परराष्ट्रमन्त्रीस्तरमा, सचिवस्तरमा गरी तीनै तहमा वार्ता गरिने भनाईसमेत राखेका थिए। भारतले हालै जारीको गरेको नक्सा नेपाललाई मान्य नहुने पनि बताए। ‘भारतले जारी गरेको नक्सा हामीलाई स्वीकार्य हुँदैन। हामी मान्दैनौं,’ मन्त्री ज्ञवालीको भनाई उद्धृत गर्दै नक्सा बुझाउन पुगेका एक अभियन्ताले अन्नपूर्णसँग भने, ‘लिम्पियाधुरासमेतको भूमि हाम्रै हो, काली नदी उद्गमस्थल लिम्पियाधुरा नै हो।’ सीमा बचाउन अभियानका तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरिशंकर लाल दासमार्फत लिम्पियाधुरासहितको नक्सा हस्तान्तरण गरेका थिए। अभियानका सदस्य श्याम श्रेष्ठले तथ्य र प्रमाणको आधारमा लिम्पियाधुरासहित भूमि नेपालकै भएको कारण सरकार तत्काल कुटनीति पहल गर्न सुझाव दिएको जानकारी दिए। ‘हामीले सरकारलाई अभिलम्ब गर्नु पर्ने कामको बारेमा सुझाव दियौं,’ उनले भने, ‘मन्त्रीले वार्ताको पहल भइरहेको जानकारी गराउनु भयो।’ अभियानले लिम्पियाधुरासहित नक्सासहित गरी स्वेत जारी गर्न, कालपानी राखिएको भारती सेना अभिलम्ब हटाउन र भारतले जारी गरेको नक्सा फिर्ता लिन आग्रह गर्दै भारतलाई औपचारिक पत्र पठाउन माग गरेको छ।

उनीहरुले तथ्य, प्रमाण, नक्सा, पुराना दस्तावेज र नदी विज्ञानको आधारमा पनि काली नदीको उदगम स्थान लिम्पियाधुरा नै भएको प्रमाण पेस गर्दै प्रधानमन्त्री स्तरमा नै वार्ता गर्न आहवान गरेका छन्। लिम्पियाधुरादेखि कालापानी र लिपुलेकसम्म राज्यको उपस्थीति स्पष्ट देखिने गरी नेपालतर्फ सुरक्षा पोस्ट तत्काल स्थापना गर्न माग गरेका छन्। उनीहरुले मिचिएको दशगजा खाली गर्न, सीमा क्षेत्रमा सुरक्षा पोस्ट पठाउन माग गरेका छन्। त्यो टोलीमा पूर्व मन्त्री शान्ता मानवी, पूर्व सचिव एवम् अनुसन्धानकर्ता डा। द्धारिकानाथ ढुंगेल लगायतको सहभागिता रहेको थियो। यसैविच सिमा मिचेको विरोधमा मानवअधिकार तथा शान्ति समाजले विहीबार भारतीय राजदुतावास घेराउ गर्ने जनाएको छ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्

Screenshot