Logo

कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित



काठमाडौं, २८ वैशाख । सहकारी ठगी प्रकरणमा छानविन समितिको माग गर्दै नेपाली कांग्रेसले संसद् अवरोध गरेपछि आजको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको कांग्रेसको भनाइ छ ।

प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै कांग्रेसले अवरोध गरेको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस महामन्त्री गगनकुमार थापालाई बोल्न समय दिए ।

थापाले आफ्ना कुराहरु राखेपछि पुनः कांग्रेसका सांसद्हरु संसद् अवरोधमा देखिए । त्यसपछि केही समयका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पु्नः सुरु हुँदा पनि कांग्रेसले अवरोध कायमै राखेपछि सभामुख घिमिरेले आगामी जेठ १ गते बस्ने गरी संसद् बैठक स्थगित भएको जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot