Logo

गौरिकालाई एकै संस्करणमा तीन स्वर्ण



काठमाडौं, २३ मंसिर । । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको आठौं दिन दुई स्वर्णसहित २२ पदक प्राप्त गरेको छ । आठौं दिन गौरिका सिंहले सागको एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली बन्ने कीर्तिमान समेत बनाएका छन् । आठौं दिन नै सुरु भएको जुडो स्पर्धामा नेपालका लागि देविका खडकाले पहिलो स्वर्ण जितेकी हुन् ।

काठमाडौं–पोखरा र जनकपुरधाममा जारी सागको तेह्रौं संस्करणको आठौं दिन नेपालले पुरुष फुटबलमा बङ्गलादेशलाई हराएर फाइनलको यात्रा समेत तय गरेको छ । नेपालको फाइनलमा यो छैठौं यात्रा हुनेछ । नेपालले बङ्गलादेशबाट सन् १९८९ को साग संस्करणको फाइनलमा १–० ले पराजित भएको थियो । करीब तीन दशकपछि नेपालले बङ्गलादेशलाई हराएर उक्त स्पर्धाको बदला मात्रै लिएनन बरु सागको स्वर्णको स्पर्धाबाट समेत बाहिर पठायो ।

नेपालले फाइनलमा अब भुटानको सामना गर्नेछ । स्वर्णको लागि भुटान र नेपालबीचको खेल आगामी मङ्सिर २४ गते मंगलबार साँझ पाँच बजे दशरथ रङ्गशालामा हुनेछ । क्रिकेट, भलिबल जस्ता प्रतिष्ठित विधाको स्वर्ण पदकको होडबाट बाहिरिएको नेपालले फुटबलमा स्वर्ण पदकको होडमा उभ्याउँदा नेपाली खेल प्रशंसक उत्साहित छन् । र घरेलु मैदानको उपलब्धताले घरेलु टोलीलाई स्वर्ण जित्ने ऐतिहासिक र सुनौलो अवसर मात्रै हैन बरु डिफेन्डिङ च्याम्पियनको उपाधि जोगाउने अवसर समेत प्राप्त भएको छ ।

लिग चरणको पहिलो खेलमा ४–० को हार बेहोरेको अर्का स्पर्धी भुटानमाथि दबाब हुनेछ । यद्दपी भुटान समक्ष गुमाउनलाई केही छैन् । सागको तेह्रौं संस्करणमा हालसम्म एउटै स्वर्ण र रजत जित्न नसकेको भुटानले कम्तिमा रजत पदक जित्ने तय भइसकेको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot