Logo

चुइगम चपाएरै सकियो साढे १८ करोड



काठमाडौं, मंसिर २९ । देखासिकी र फजुल खर्चमा आकर्षित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६र७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको साउनदेखि कात्तिकसम्म ६ लाख २१ हजार ६ सय ८ किलो चुइगम नेपाल भित्रिएको छ । यसको मूल्य १८ करोड ४८ लाख ५५ हजार रुपैयाँ भएको भन्सार विभागले जनाएको छ ।

यसैगरी, गत आवका चार महिनाको तुलनामा चालू आवको समीक्षा अवधिमा चुइगमको आयात भने केही घटेको छ । अघिल्लो वर्षका चार महिनामा कुल ७ लाख १६ हजार ९ सय १९ किलो चुइगम आयात भएको थियो । सो समयमा करिब २४ करोड ८० हजार रुपैयाँ बढीको चुइगम आयात भएको थियो ।

विभागका अनुसार हाल नेपाली बजारमा सबैभन्दा धेरै चुइगम भारतबाट आयात भएको छ । चालू आवको बितेका चार महिनामा भारतबाट ६ लाख १९ हजार ३ सय ३ किलो चुइगम आयात भएको थियो । यस समीक्षा अवधिमा भारतपछि अमेरिकाबाट चुइगम धेरै आयात भएको देखिएको छ ।

सो समयमा अमेरिकाबाट १ हजार १ सय २४ किलो, दक्षिण कोरियाबाट ५ सय १८ किलो, संयुक्त अरब इमिरेट्स ९यूएई० बाट ४ सय किलो, बेलायतबाट १ सय ८२ किलो र थाइल्यान्डबाट ८१ किलो चुइगम आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यसैगरी, चीनलगायत अन्य मुलुकबाट पनि विभिन्न प्रकारका चुइगम नेपाल भित्रिएको विभागले जनाएको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot