Logo

विमानस्थलको धावनमार्ग जीर्णोद्वार सम्पन



काठमाडौं, पुस २ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग जीर्णोद्वार गर्ने काम तोकिएको समयावधिभन्दा ३ महिना अगाडि नै सम्पन्न भएको छ। धावनमार्गको कालोपत्र उक्काएर सबै नयाँ बनाउने काम अर्थात् रनवे जीर्णोद्वार भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यो विमानस्थलको धावनमार्गको पिच उप्काएर २६ सेन्टिमिटरसम्मको मोटाइमा कालोपत्रे गरेको छ। ३ हजार मिटरको धावनमार्ग र विमानस्थलको ट्याक्सी वेको जीर्णोद्वार सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजना निर्देशक मुरारी भण्डारीले जानकारी दिए।

पहिलोपटक भएको पूर्णजीर्णोद्वारले धावनमार्गको मर्मत अब कम्तीमा २० वर्षलाई ढुक्क भएको प्राधिकरणको भनाइ छ। यस अघि वर्षात्को मौसम लागेपछि धावनमार्गको पिच उप्कने र बेलाबेलामा मर्मतका लागि विमानस्थल बन्द गर्नुपर्ने समस्या थियो। अब भने यो विमानस्थल २४सै घण्टा सञ्चालन गर्न सकिएको अवस्थामा पनि धावनमार्ग मर्मतमा भने १० वर्ष गर्नु नपर्ने प्राधिकरणले जानकारी दिएको छ।

सन् १९७५ मा यो धावनमार्गलाई स्तरीकरण गरेर ३ हजार मिटर लम्बाई र ४५ मिटर चौडाइको बनाइएको थियो। यो विमानस्थलमा बोइङको बी ७७७ र एयरबसको ए ३३० क्षमतासम्मका जहाज उडान तथा अवतरण गर्न सक्छन्।अन्नपूर्ण पोस्टबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot