Logo

दुवै अध्यक्षले एक अर्कालाई नसघाई सफल हुनुहुनेछैन- लेखराज भट्ट



काठमाडौं, २ पुस । नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य समेत रहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको राजनीतिक जीवन संघर्षले भरिएको छ । जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिक मूलधारमा समेत सशक्त रुपमा प्रस्तुत हुँदै आएका भट्टसँग ऋषि धमलाले गरेको कुराकानीः
नेकपा स्थायी समिति बैठकमा आफ्नै सरकारको आलोचना भएको हो ?
स्थायी समिति बैठकमा सबैजनाले आ–आफ्ना कुरा राख्दा सरकारलाई कसरी चुस्त, दुरुस्त राख्ने भन्ने विषयमै केन्द्रित छ । पार्टी अध्यक्षले जुन राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ, त्यसैमा केन्द्रित भएर छलफल भएको हो ।
बहालवाला मन्त्रीबाटै सरकारप्रति असन्तुष्टि प्रकट भयो, सही हो ?
त्यस्तो मलाई लाग्दैन । बहालवालै मन्त्रीले आर्पैm बसेको सरकारको आलोचना गरेजस्तो लागेन । भएका केही कमीकमजोरीहरु सच्याएर जानुपर्छ भन्ने कुरा स्वाभाविक हो ।
स्थायी समिति बैठकमा सबैले सरकारको प्रशंसा गरेका छन् त ?
सरकारको कामकारबाही प्रति उपलब्धि के के भए र कमीकमजोरीहरु के के रहे भनेर स्पष्ट राजनीतिक प्रतिवेदनमै आएको छ । त्यसैमा टेकेर आफ्ना विचार राख्ने क्रममा केही साथीहरुले सरकारलाई सुझावको रुपमा टिप्पणी गरेका छन् । आफ्नै पार्टी सरकारमा भएको बेलामा पार्टी बैठक एक वर्षसम्म नबस्दा त्यसले सरकार सञ्चालनमा केही प्रभाव पारेको छ भन्ने कुरा सबैले राखेका छन्ु । तर, केही पनि हुँदैभएन भनेर आलोचना गरेको मैले पाइँन ।
तर, कृषिमन्त्री घनश्याम भुसालले त प्रस्तावै पेश गरेर आलोचना गर्नुभयो नि ?
उहाँले त हामीले समाजवादको कुरा गरिरहँदा अहिलेको कार्यशैलीले त्यतातिर जान्छौं कि जाँदैनौं भनेर जोड दिनुभएको छ ।
उहाँले नयाँ प्रस्ताव किन ल्याउनुभयो त ?
समाजवादमा जानको लागि पार्टी व्यापक रुपान्तरण हुनुपर्छ । अहिलेकै ढंगल जान सकिँदैन भनेर प्रस्ताव राख्नुभएको हो ।
अध्यक्षद्वयको सम्बन्ध राम्रो भएको पाउनुभएको छ ?
उहाँहरुको सम्बन्ध मैले त राम्रो भएको पाएको छु । राजनीतिक प्रतिवेदन पनि दुई अध्यक्षबीच छलफल भएरै आएको हो । जति काम कारबाही भइरहेका छन्, ती सबै सहमतिबाटै भएका हुन् ।
स्थायी समिति बैठकमा माधव नेपाल त कडा देखिनु भएको छ नि ?
उहाँले अहिलेसम्म बोल्नुभएको छैन, अब बोलेपछि थाहा हुन्छ । कडा हो कि नरम भनेर । वामदेव कमरेड बोल्दा म बैठकमा थिइँन ।
हिजो प्रचण्ड निवासमा किन छुट्टै बैठक बस्यो ?
त्यो त मलाई जानकारी भएन । त्यसको बारेमा मैंले के भन्न सक्छु र ।
त्यहाँ तपाईं जानुभएन ?
म स्थायी समिटि बैठकमा बसेँ, अरु ठाउँमा कहीं पनि गएको छुइँन ।
प्रचण्ड निवासको मिटिङ गृहमन्त्री लगायत धेरै नेताहरु गएको छ नि ?
मलाई त्यहाँ कसैले बाएको पनि छैन । र, थाहाँ पनि थिएन, उहाँको निवासमा बैठक छ भनेर ।
सभामुख कसलाई बनाउने भन्ने बहस दाल निवासमा शुरु भएको हो ?
होला । जानकारी नभएको कुरा मैंले कसरी भन्न सक्छु ।
सु्वासचन्द्र नेम्वाङ सभामुख नबनाउनको लागि प्रचण्डले निर्णय गर्नुभयो रे हो ?
त्यो बारेमा पनि मलाई जानकारी छैन । पटक्कै जानकारी नभएको कुरा बोल्नु उपयुक्त हुँदैन ।
चारजनाको नाम बाहिर आएको छ, ती मध्ये को सभामुख हुन्छ ?
त्यो विषयमा मसँग छलफल भएको छैन । जुन कुरा मलाई जानकारी नै छैन अनि मैले बोलेर के हुन्छ ?
सभाखुम चुन्ने विषय छलफल भएको छैन तपाईंहरुको पार्टीभित्र ?
पार्टीको स्थायी समिटि बैठकमा त्यो विषयले प्रवेसै पाएको छैन । सचिवालयमा कुरा भएको भए, मलाई जानकारी छैन । आन्तरिक रुपमा केही नेताबीच कुरा उठेको भए त्यो बाहिर आएको छैन ।
स्थायी समितिको बैठकमा के भइरहेको छ त ?
स्थायी समिति बैठकमा अध्यक्षबाट राजनीतिक प्रतिवेदन आएको छ । त्यसैमा केन्द्रित रहेर अहिलेको राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति, सरकारका कामकाज, पार्टी एकताको काम र आगामी पार्टीका योजना के हुने ? त्यसैलाई केन्द्रबिन्दुमा राखेर छलफल भएका छन् ।
नेकपा आगामी दिनमा कसरी अगाडि बढ्छ ?
पार्टीको स्थायी समिति बैठकले आगामी कार्ययोजनाहरु निर्णय गर्नुपर्छ, पास गर्नुपर्छ । त्यसपछि पार्टी स्पष्ट दिशानिर्देश हुन्छ । केही एकताका कामहरुलाई टुंग्याउनु पनि छ । तल्लोतहसम्म पार्टीको नीति कार्यक्रमहरु पुर्याउनु पर्यो । एकता बलियो भइसकेपछि महाधिवेशनतिर लाग्छ पार्टी त्यसैमा बहस र छलफल केन्द्रित छ ।
नेकपाको महाधिवेशन हुन्छ ?
हिजोको एकता हुँदाको राजनीतिक स्प्रिट, तल्लोतहसम्मका जनबर्गीय संगठनहरुलाई प्रशिक्षित गरिसकेपछि नयाँ ढंगले महाधिवेशनको तयारी हुन्छ । महाधिवेशन हरेक पार्टीको हुनुपर्छ । झन् हाम्रो पार्टीको त्यसको तयारी यो स्थायी समितिको बैठकपछिबाट सुरु हुन थाल्छ ।
स्थायी समिति बैठकमा महाधिवेशनको एजेन्डाको पनि तयारी हुन्छ हो ?
यो बैठक महाधिवेशनको तयारीको पहिलो खुट्किलो हो भन्ने लाग्छ मलाई । सरकारको जिम्मा केपी ओलीले पाउनुभएको छ, पार्टी हाक्ने जिम्मा प्रचण्डको छ, को सफल होला ?
दुवैजना एकअर्कासँग अन्तरसम्बन्धित छन् । दुवैजनाले अर्कालाई नसघाइकन कोही पनि सफल हुन सक्ने मैले देख्दिँन । त्यसै सरकारको जिम्मा पाउने र पार्टीको जिम्मा पाउने को असफल को सफल भन्दा पनि पार्टीलाई कसरी सफल बनाउने भन्ने कुरा नै मूल हो ।
पार्टी कसरी सफल हुन्छ ? तपार्ईहरु सरकारमा गएपछि कमजोर हुनुभयो नि ?
कमजोर भएको होइन, एकता प्रक्रियामा केही ढिलाईं भएको कारणले त्यस्तो देखिएको हो । सरकारबाट थुप्रै कामहरु भएका छन्, त्यसलाई बाहिर ल्याउने काम अहिलेको प्रतिवेदनले गरेको छ । जनताबीच जाँदा पार्टी नेतृत्वले के गर्यो भन्ने कुरा स्पष्ट आउँछ ।
एनसीसी नेपालकै पहलमा भनेर अमेरिकी राजदूतको प्रतिक्रियालाई के भन्नुहुन्छ ?
यसबारे अध्ययनै नगरी प्याच्च बोल्दा के असर पार्छ ? त्यतातिर पनि ध्यान दिनुपर्छ ।
अमेरिकी राजदूत त संसद्बाट पारित हुनेमा ढुक्क हुनुहुन्छ नि ?
यसको बारेमा पार्टीमा छलफल भएर त्यसले के नीति लिन्छ । त्यसपछि पार्टीले लिएको नीति अनुसार नै अगाडि बढ्छ नि त ।
त्यो नीति अगाडि बढ्छ त्यसोभए ?
होइन, मैले त हाम्रो पार्टीको नीति के बन्छ भनेको छु । यो विषयमा छलफल भइरहेका छन् निष्कर्ष के आउँछ त्यो हेर्न बाँकी छ ।
आउने सभामुखबाट अनुमोदन हुने कुरा के छ ?
त्यो विषयमा अहिले स्थायी समितिमै छलफल भइराखेको छ । पार्टीले के भन्छ, कता लैजान्छ त्यसपछि कुरा आउला नि । आउने सभामुख पास गराउँछ, गराउँदैन भन्ने विषय नै होइन ।
यति समूहलाई गोकर्ण रिसोट बुझाउन ऐन नै संसोधन गर्नुभयो होइन ?
यो गोकर्ण रिसोटहरु जस्तोमा ठूलो लगानी गरेको हुन्छ, त्यसलाई रिन्यु गरेको मात्रै हो जस्तो लाग्छ मलाई चाहीं । उसैलाई बुझाउने कुरा त होइन होला ।
निर्णय त त्यहीखालको भइसकेको छ नि तपाईं के हेरेर बस्नुभएको छ ?
मलाई जानकारी नभएको विषय कसरी भन्ने त अहिले ।
तपाईंहरु किन खुरुखुरु सरकारी जग्गा हडप्न दिनुहुन्छ ?
अहिलेको सरकारले जहाँ–जहाँ सरकारी जग्गाहरु हडपिएको छ, त्यसलाई बाहिर ल्याइरहेको छ । हिजो जुन ठाउँमा जसरी थियो, त्यी ठाउँमा ल्याउन सरकार लागि रहेको छ । गोकर्ण रिसोट अन्य सरकारी जग्गा फरक तरिकाका हुन् भन्ने लाग्छ । त्यसलाई गहिराइमा नबुझी मैले प्रतिक्रिया दिँदा राम्रो होला र भन्या ।
ऊखु किसानले पैसा कहिले पाउँछन् ?
उद्योग मन्त्रीको हैसियतले वहाली गर्नासाथ मैले पहिला ऊखु किसान र चिनी उद्योगीहरुलाई एक ठाउँमा राखेर छलफल गराएँ । त्यसपछि फेरि उहाँहरुलाई राखेर तपाईंहरुका समस्या लाउनुहोस् भनेका छौं । त्यसबेला ऊखु किसानका नेताहरुले पनि हामी एकआपसमा छलफल गरेर एउटा सहमति ल्याउँछौं भन्नुभएको थियो । ऊखु किसानले पैसा पाउनुपर्छ भन्नेमा हामी लागि परेका छौं ।
उनीहरुले कहिलेसम्म पैसा पाउँछन् त ?
यही मिति भनेर त खुलाउन सक्दिँन । तर, ऊखु किसानको पैसा दिलाउने प्रतिबद्धता नै जाहेर गर्छु ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot