Logo

करिश्माको याद



काठमाडौं, ४ पौष । सदावहार नायिका करिश्मा मानन्धरलाई जवानी यादव आएको छ । जवानीमै विवाह गरेर छोरीलाई जन्म दिएकी करिश्मा अझै सुन्दर छिन् ।

करिश्माले छोरी कविताको ३ पौषमा जन्मदिनमा पोष्ट गरेको तस्बिरमा धेरैको चासो देखिएको छ । बाल्यावस्थाकी कवितालाई करिश्माले बोकेकी छिन् । तस्बिरमा करिश्मा निकै कम उमेरकी देखिन्छिन् ।

विगत याद गर्दै करिश्माले छोरीको जन्म दिनमा सामाजिक संजाल फेसबुक मार्फत आर्शिवाद दिएकी छिन् । एउटी महिलालाई आमा हुन पाउँदा गर्व लागेको भन्दै खुशी व्यक्त प्रकट गरेकी छिन् । छोरीको जन्मले उनलाई आमा बन्ने मौका पाएकोमा आफुलाई भाग्यमानी महसुस गरेकी छिन् ।

करिश्माले पति बिनोद मानन्धरसँगको तस्बिर समेत पोष्ट गरेकी छिन् । पछिल्लो समय अध्ययनमा केन्द्रित करिश्मा सामाजिक सञ्जालमा भने सक्रिय छिन् । photo source: FB



प्रतिक्रिया दिनुहोस्

Screenshot