Logo

प्रदेश दुईमा गठबन्धन परिवर्तन हुनसक्छ- मनिष सुमन, नेता राजपा



काठमाडौं, ५ पौष । राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमन नेकपासँग राजपाको पछिल्लो सहमतिले उत्साही छन् । उनले दुई दलबीचको चुनावी सहकार्यपछि नेपाली राजनीतिले नयाँ मोड लिने संकेत समेत गरेका छन् । सुमनसँग ऋषि धमलाले गरेको कुराकानीः
प्रदेश नं. २ मा नेकपासँग किन गठबन्धन गर्नुभयो ?
अहिले राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ । त्यो निर्वाचन जित्नैपर्ने रणनीति बनायौं, सो रणनीति अन्तर्गत राष्ट्रियसभामा रिक्त रहेका चार सिटमध्ये दुईवटा सिटमा नेकपाका उम्मेदवारलाई मतदान गर्ने र दुईवटामा नेकपाका साथीहरुले हामीलाई सहयोग गर्ने गरी चुनावी गठबन्धन भएको हो । चुनाव जित्नका लागि हामीले प्रदेश नं. २ मा चनावी सहयकार्य गरेका हौं ।
चुनावी सहकार्यसँगै समाजवादी पार्टी तोडेर नेकपासँग गठबन्धन गरी सरकारमा आउँदै हुनुहुन्छ रे नि ?
बुँदा नम्बर २ मा त्यही कुरा छ, ‘अब नेकपा र राजपाबीचमा समसामयिक राजनीतिमा सहकार्य, वार्ता, संवाद हुँदै अगाडि बढ्ने निर्णय गरेका छौं ।’ एउटै माइनसेट नगरेर चेन्ज गरी नेकपासँग पनि सहकार्य र वार्ता, संवाद गरौं कि, संभव भएरसम्म सकार्यमै अगाडि बढौं कि भन्ने पनि हो । तर, तपाईंले भनेजस्तो प्रदेश नं. २ कै सरकार यसो, उसो हो कि भन्ने होइन ।
तपाईंहरुकै गठबन्धनमा समाजवादी पार्टी मन्त्रीहुनुहुन्छ, त्यो सहकार्य तोड्ने कति सम्भव छ ?
राजनीतिमा केही कुरा स्थिरता हुँदैन, परिवर्तनशील हुन्छ । तर, अहिले नै समाजवादी पार्टीसँग सहकार्य तोड्नुपर्ने कुनै पनि आवश्यकता छैन ।
तपाईंहरुले बुँदा नं. २ मा ‘भविष्यमा सरकारमा सहकार्य गर्न सकिन्छ’ भनेर लेख्नुभएको छ नि ?
तपाईंले सोधेको कुरा बेठक हो भन्ने पनि होइन । अहिले दुई-तीनवटा सम्भावनाहरु तुरुन्तै देखिएको छन् ।
सम्भावनाहरु के के छन् त ?
अहिले सभामुख र उपसभामुखको निर्वाचन पनि हुँदैछ । केन्द्रीय सरकार पनि स्थिर देखिँदैछ, प्रदेश सरकार पनि स्थिर छ । त्यसैले अहिले नै प्रदेशमा हामीले सरकार त्याग गरेर भएका मन्त्रीलाई अपदस्थ गरिहाल्नुपर्ने कुनै कारण र आवश्यक छैन । नेकपासँग सहकार्य अगाडि बढाउने अर्को सर्त के छ भने, ‘रेशम चौधरीलगायतका मुद्दा फिर्ता नभएसम्म, त्यो भनेको आन्दोलनताका भएका क्षतिको क्षतिपूर्ति र संविधान संशोधन यी तीनवटा माग पुरा नहुन्जेलसम्म सरकारमा सहकार्यको प्रक्रिया अगाडि बढ्दैनन् । हतारमा हुँदैन पहिला, छलफल, संवाद हुन्छन् ।
छलफल गर्दै जाँदा तपाईंकै पार्टीको नेतृत्वमा सरकार पनि बन्ला नि ?
अहिले नै प्रदेश नं. २ को सरकारको नेतृत्वका लागि हामी आतुर छैनौं ।
तपाईंहरुले मुख्य मन्त्री लिएर अरु नेकपालाई सहमति भएको हो ?
त्यस्तो खालको सहमति भइसकेको छैन ।
नेकपासँग राजेन्द्र महत्व गर्नुभएको भित्री सहमति त्यही रहेछ नि ?
यसमा भित्री बाहिरी भन्ने केही छैन । त्यस्तो खालको सहमति नै भएको छैन ।
प्रष्ट बताउनुस् राजनीतिमा थु्प्रै सम्भावना हुन्छन् नि ?
म प्रष्ट रुपमै भन्छु, राजनीति सम्भावना नै सम्भावना हुन्छन् । तर, हामी ती तीनवटा मागहरु, क्षतिपूर्ति, संविधान संशोधन र मुद्दा फिर्ता पुरा भएपछि हामी उसँग बस्दैबसदैनौं, बोल्दैबोल्दैनौं भनेर कसम पनि खाएका छैनौं । छलफल र प्रक्रियाहरु अगाडि बढ्छन् । राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो नीति र सिद्धान्तलाई कुनै पदसँग साट्दैन । प्रधानमन्त्रीले त हामीलाई सरकारमा आउनुहोस् सँगै काम गरौं भनेर धेरै पटक भन्नुभएको हो । तर, हामीले आफ्नो अडानलाई छोडेनौं ।
तपाईंहरुको माग पुरा गर्न सरकार तयार भयो भने गठबन्धन परिवर्तन हुन सक्छ ?
हुन सक्छ, नहुनुपर्ने कुनै कारण नै छैन ।
त्यसपछि तपाईं मुख्यमन्त्रीको दावेदार हो ?
पहिला त म राजपाको एउटा जिम्मेवार कार्यकर्ता हो । त्यसमा धेरै नेता, कार्यकर्ता हुनुहुन्छ । त्यस्तो जिम्मेवारीमा बसेको मान्छे पार्टीले दिएको गहन जिम्मेवारीको बोध त हुनुपर्ने होला । अहिले नै मैले ‘म यो पद लिन्छु, त्यो दिन्छु भनेर भनिहाल्ने कुरा होइन, पार्टीले जे जिम्मेवारी दिन्छ त्यो पूरा गर्नुपर्छ, पदको लागि कुनै आतुरता छैन ।’
नेपाली भू-भाग भारतले अतिक्रमण गर्यो भनिरहँदा प्रदेश नं. २ को हकमा कति सत्यता छ ?
मिचिएको जग्गा जुन तपाईं भन्दै हुनुहुन्छ, ‘त्यो प्रदेश नं. २ मा छैन ।’ अहिलेसम्म प्रदेश नं. २ मा सीमासम्बन्धी कुनै प्रकारको छेकवार छैन । सीमाको विषयलाई लिएर नेपाल र भारतबीच कुनै विवादै छैन । तराईंका सीमाको रक्षा त्यहाँका जनताले गरिरहेका छन् । नत भारतको प्रहरीले गरेको छ, नेपालको प्रहरीले गरेको छ । नेपाल र भारतका प्रहरीहरु सीमामा स्याम्बोलिक रुपमा मात्रै उपस्थित छन् । नेपाल र भारतका जनताबीच भेषभुषा, संस्कार, संस्कृति नाता सम्बन्ध जोडिएकाले प्रदेश नं. २ कुनै किसिमको सीमासम्बन्धी विवाद पनि छैन र कसैले सीमा मिचेको पनि छैन ।
तर, कालापानी र सुस्ताको कुरा आएको छ नि ?
हो, त्यहाँ पनि कामभन्दा कुरा बढी आएको छ । त्यसले यस्तो वातावरण बिगारेको छ, जसको कारण मधेसका जनतालाई चिन्ता बढिरहेको छ । कालापानी, लिपुलेक, लिम्पियाधुराका कुरा उठाएर दुई देशबीचको पारिवारिक सम्बन्धलाई खलबल्याउने प्रयास काठमाडौंमा बसेर गरिएको छ । नेपालको संविधान जारी गर्दा त्यसमा नेपालको नक्सा पनि बनाइएको छ । त्यो नक्सालाई नियालेर हेर्ने हो भने त्यहाँ लिपुलेक र लिम्पियाधुरा छुटाइएको छ । त्यसको बारेमा कसैले केही बोलेनन्, जब अस्ति उपनिर्वाचन आयो अनि न्वारनदेखिको बल निकालेर म मात्रै राष्ट्रभक्त, मेरो मात्रै हो यो देश भनेर कहिले माइघर मण्डलामा कहिले भारतीय दूतावास अगाडि आगो बालेर कराउन थाले । यस्ता कुकृत्य र उच्छृंखल गतिविधिले दुई देशबीचको सम्बन्धमा खलल पुर्याउने काम गरिरहेको छ । भारतका २० लाखभन्दा बढी चेलीहरु नेपाल भित्रिएका छन् नेपालका त्योभन्दा बढी चेलीहरु भारत भित्रिएका छन् । यस्तो पारिवारिक र सांस्कृतिक सम्बन्धमा भएको देश दुनियाँ बिरलै हुन्छन् । यस्तो सम्बन्धलाई बिगार्न कसैले बेतुकमा लिपुलेक, लिपुलेक भनिरहन्छ भने त्यो राष्ट्रद्रोही हो ।
अहिले प्रदेश नं. २ का जनताहरु शीतलहरले त्रसित छन्, त्यसको लागि तपाईंहरु केही बोल्नुहुन्न नि ?
अहिले हामी विपदमा छौं । त्यसमा नबोल्ने कुरै हुँदैन । यसको समाधानका लागि राजपाले सबै कार्यकर्तालाई आह्वान पनि गरेको छ । हाम्रा पार्टीका कार्यकर्ता जो जहाँ छन्, उनीहरु जनचेतना जगाउनेदेखि न्यानो कपडा र दाउराको व्यवस्था गर्नेसम्मको काममा लागिरहेका छन् । यसको लागि प्रदेश सरकारलाई पनि दबाब दिइरहेका छौं ।
म त भर्खरै तराई घुमेको छु, त्यहाँका जनताहरु त शीतलहरले प्रताडित छन् नि ?
तराईका जनतासमक्ष तपाईं लोकप्रिय हुनुहुन्छ । तराईको बारेमा चिन्ता र चासो देखाउनुभएको मैले पनि थाहा पाएको छु । त्यसको लागि तपार्इंंलाई मेरो तर्पmबाट धेरै–धेरै धन्यवाद छ । हामीहरु धेरै खुसी छौं । केन्द्रीय सरकारलाई यहाँको शीतलहरबारे जानकारी छ नि छैन, त्यो पनि हामीले थाहा पाएका छैनौं ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot