Logo

एमससीसी संसदबाट पारित गर्न ओली र देउवाबीच भित्री सहमति



काठमाडौं, ६ पौष । अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) बारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद भइरहँदा देशका दुई प्रभावशाली नेताहरुबीच भने भित्री सहमति भइसकेको छ । एमसीसी संसदबाट पारित गराउनेबारे प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति बनेको हो ।

ओली र देउवाले एमसीसी संसदबाट पारित गराउने सहमति गरिसक्दा नेकपाका अर्का अध्यक्ष प्रचण्ड भने एमसीसीबारे सकारात्मक छैनन् । एमसीसीकै विषयले देउवासँग प्रचण्डको दुरी बढेको छ । पछिल्लो समय ओलीसँग नजिकिएका देउवाले एमसीसी पारित गराउने शर्तमा संसदको केही महत्वपूर्ण विषयमा समेत अवरोध नगर्ने भएका छन् । विशेषगरी सभामुख चयनमा भित्री रुपमा ओलीलाई नै साथ दिने गरी रणनीति बनेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

एमसीसीबारे नेपाली काँग्रेस सकारात्मक छ । नेकपाको ओली पक्षधर पक्षमा रहेपनि प्रचण्ड पक्षधर सकारात्मक छैन । यसले नेकपाभित्र ध्रुवीकरण बढिरहेको छ । यस्तो अवस्थामा देउवाले ओलीलाई साथ दिएर एमसीसी पारित गर्न सहज अवस्था बनाइदिएका छन् ।-File Photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot