Logo

एमसीसीबारे नेकपा अनिर्णितः ओली र प्रचण्ड बसेर टुंगो लगाउने



काठमाडौं, ६ पौष । अमेरिकी विकास परियोजना मीलिेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) बारे नेपाल कम्युनिष्ट पार्टी कुनै निर्णयमा पुग्न सकेन । स्थायी कमिटि बैठकले निर्णय लिन नसकेपछि सचिवालयलाई यसबारे निर्णय लिने अधिकार दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

एमसीसी अमेरिकाको इन्डो प्यासिफिक रणनीति अन्र्तगत भएको भन्दै नेकपाका नेताहरुले विरोध गरेका थिए । असंलग्न राष्ट्रका रुपमा रहेको नेपाल शक्ति राष्ट्रको रणनीतिक समूहमा रहन नहुने तर्क गर्नेहरु देखिएका थिए । स्थायी कमिटि बैठकमा रामबहादुर थापा बादल, भीम रावल, देव गुरुङ, योगेश भट्टराई, लिलामणि पोखरेल, रघुजी पन्त, जर्नादन शर्मालगायतले चर्को विरोध गरेका थिए ।

एमसीसी संसदबाट पारित गर्नुपर्ने बुँदा उल्लेख भएकाले सरकारसँग सम्झौता भइसक्दा पनि अनुमोदनका लागि संसदमा लगिनुपर्छ । यसप्रति सत्तारुढ दलभित्र तिव्र विरोधको स्वर सुनिएको छ ।

यसैगरी, भारतसँगको सीमा समस्या, सरकारको काम कारबाहीको समिक्षालगायतका विषयमा पनि स्थायी कमिटि बैठकले निर्णयहरु लिएको छ । भारतसँगको समस्या समाधानका लागि कुटनीतिक पहल गर्ने र सरकारको कमी कमजोरी सच्याएर जानुपर्नेमा सहमति बनेको छ ।

बैठकमा वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन भएको छ । नेकपा स्थायी समिटि बैठकमा छलफल भएका विषयहरुबारे २३ पौषबाट चल्ने केन्द्रीय कमिटि बैठकमा छलफल हुनेछ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot