Logo

अमेरिकासँग सम्बन्ध नबढाउने कम्युनिष्ट सोच छ- एनपी साउद, नेता नेपाली काँग्रेस



काठमाडौं, ६ पौष । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद खरो बोल्छन् । पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र समेत रहेका उनले सत्तारुढ नेकपाको चर्को आलोचना गरेका छन् । साउदसँग ऋषि धमलाले गरेको कुराकानीः
नेकपाले एमसीसीको विषयमा अमेरिकाले आफ्नो दृष्टिकोण स्पष्ट नपारेसम्म अनुमोदन गर्न सकिँदैन भनेको छ, अब के गर्ने ?
एमसीसी नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भएको बेला स्वीकृत गरेको कार्यक्रम हो । यो अमेरिकाको विकास लक्ष्यसँग सम्बन्धित छ । यो कार्यक्रम संसारका १२ वटा देशसँग अमेरिकाले संझौता गरिसकेको अवस्था छ । यो कार्यक्रम नेपालले सहभागिता जनाएर संसद्बाट अनुमोदन गर्दा कुनै नाक्सान छैन ।
तर सैन्य गठबन्धनमा त नेपाल जान सक्दैन नि ?
यो सैन्य गठबन्धन होइन भनेर अमेरिकन डिप्लामेटिक र सरकारले भनिसकेको अवस्था छ । ‘स्टाटेजी शब्दको अहिले जसरी अन्तर्राष्ट्रिय रुपमा परिभाषित गरिएको छ । त्यसलाई सैनिक रणनीतिसँग जोड्नु उपयुक्त हुँदैन । ‘रणनीति शब्द त चीनका राष्ट्रपति आउँदा पनि केही डकुमेन्टहरुमा उल्लेख भएको देखिएका छन् । त्यसमा ‘हामी चीनसँगको सहकार्य रणनीतिमा छौं’ भन्ने भाष्य उल्लेख छ । त्यसकारण त्यसलाई अमेरिकन परिप्रेक्ष्यमा अलग सन्दर्भमा हेर्नु बौदिक दरिद्रताबाहेक केही हुन सक्दैन ।
नेकपाले त अमेरिकाले बिना सर्त आफ्नो दृष्टिकोण अगाडि ल्याउनुपर्छ भनेको छ नि ?
यो सैन्य गठबन्धन होइन, भनेर अमेरिकाले पटक–पटक भनिसकेको छ । अमेरिकाको डिप्मेटिक र राजनीतिक क्षेत्रबाट स्पष्ट भइसकेपछि यो खाली अमेरिकासँग सम्बन्ध अगाडि नबढाउने कम्युनिस्ट सोच बाहेक केही होइन । त्यसैले सार्वजनिक रुपमा त्यो सहयोगमा कुनै सैन्य गठबन्धन भन्ने छैन ।
नेपालका परराष्ट्रमन्त्री अमेरिका नै गएर सम्झौता गरेको कुरा त बाहिर आइसकेको छ नि ?
यो सबैमा स्पष्टै छ, सरकारका जिम्मेवार मन्त्रीहरु, व्यक्तिहरु यसलाई अनुमोदन गराउन लागिरहनु भएको छ । यसमा मलाई लाग्छ, कम्युनिष्टहरुको परम्परागत रुपमा भन्दै आएका अमेरिकन साम्राज्यवाद वा पुँजीवाद भन्ने संकुचित सोचहरु छन् । त्यसैका बारेमा यो बहस चलिरहेको छ । यसले दुृई देशबीचको हितका लागि उपयुक्त काम गर्छ कि गर्दैन भन्नेतिर गएका छैनन् । नेपाली कांग्रेसको सोच चाहीं यो सहयोगलाई संसद्मा अनुमोदन गरेर सफलतामा ल्याउनुपर्छ ।
राष्ट्रिय मुद्दालाई छोडेर कांग्रेस किन घर झगडामा व्यस्त छ ?
यसमा नेपाली कांगेसका चारवटा एजेन्डाहरु छन् । हाम्रा वरिष्ठ नेताले पनि राष्ट्रय मुद्दासँग सम्बन्धित केही एजेन्डाहरु अगाडि सार्नुभएको थियो । यी चारवटा प्रस्तावमा महाधिवेशनको तालिका प्रकाशन गर्ने, नेपाल संघलाई पूर्णता दिने, नेपाल तरुणदललाई पूणता दिने र विभाग गठनलाई पूर्णता दिने भन्ने थियो । यी चारै कुरामा सभापति स्पष्ट भएर आइसक्नुभएको छ । यसका बारेमा लगभग सहमति पनि भइसकेको छ । महाधिवशेनका बारेमा पहिला बढाउने गरेकाले अहिले पनि एक वर्ष बढाएर गर्ने भन्ने छ । यो पहिलादेखिको चलन पनि छ ।
शेरबहादुर देउवाले नेपाली कांग्रेसको महाधिवेशन त समयमा गर्न सक्नुभएन नि ?
पहिलादेखि नै एक वर्ष थपेर गर्ने गरेको हो ।
एक–एक वर्ष कायकाल लम्ब्याउन मिल्छ त ?
हाम्रो विधानमा पनि एक वर्ष थप्न सकिने छ भन्ने प्रवन्ध मिलाइएको छ ।
महाधिवेशन नै गर्न नसक्ने अवस्थामा कांग्रेस कसरी पुग्यो ?
अहिलेको परिस्थिति अनुसार विधान संसशोधनमा गयौं । महासमितिबाट मात्रै विधान संसोधन हुन सक्थ्यो । अहिलेको नयाँ संरचनाअनुसार तलसम्म पार्टीको संरचना पु¥याउनुपर्ने थियो । त्यो सबैलाई आधार बनाउँदा हामीले चार वर्षभित्र महाधिवेशन गर्न सकेनौं र एक वर्ष थप्नुपर्ने भयो । यो अघिल्लो त अझ पाँच वर्षमा पनि हुन नसकेर संविधानमै व्यवस्था गरेर अरु ६ महिना थपेर गरेको अवस्था हो । अहिलेसम्म पाँच वर्षभन्दा घटिमा महाधिवेशन भएका छैनन्, अहिले पनि पाँचभित्र महाधिवेशन गरिसक्ने भनेको छ । त्यसको पालिका प्रकाशनको कुरा छ । जुन साथीहरु सहमतिका लागि छलफलमा हुनुहुन्थ्यो, त्यहाँबाट सहमति जुटिसकेको छ ।
बाटुवाटार जग्गा प्रकरणलगायतका राष्ट्रिय मुद्दामा कुरा उठाउनको साटो कांग्रेस किन घरझगडामै रुमलिएको ?
अहिले हामी घर झगडा भन्दा पनि विभाग गठनमा लागेका छौं । पहिला २८ थियो, त्यसलाई ४१ पुर्याउने भनिएको छ । २८ मात्रै राख्दा धेरै साथीहरु जिम्मेवारीबाट बिमुख हुनुहुने भएकाले केही विभागहरु बढाउन खोजिएको हो । राष्ट्रिय मुद्दामा हामीहरुले सदनमा, बाहिर पनि जोडतोडका साथ कुरा उठाएका छौं ।
नेविसंघलाई ३२ मुनि राख्ने कि माथि लाने भन्ने विवाद पनि छ नि ?
यसभन्दा अगाडिको विधानमा ‘१२ औं महाधिवेशनपछि १३ औं अधिवेशनमा ३२ वर्ष उमेर पुगेका विद्यार्थीहरु चुनाव लड्न पाउने छैनन्’ भनेर स्पष्ट लेखिएको छ । १३ औं महाधिवेशनको प्रक्रियाको रुपमा जिल्ला र स्थानीय तहमा त्यो लागु हुनेछैन, ३२ मुनिकै ल्याउनुपर्छ । तर, त्यसभन्दा अगाडि अन्तरिम समिति खडा गर्दा त्यसले वाधा पु¥याउने कुरा भएन । राजनीतिक प्रतिबद्धताबाट चाहीं हामी ३२ माथि ल्याउछांै, ३२ तल ल्याउने छौं भन्नेमा कुनै वाधा छैन ।
महाधिवेशनको कार्यतालिका कहिलेलाई तोक्नुहुन्छ ?
महाधिवेशनको कार्यतालिका तय गर्ने कुरा सहमतिबाटै हुने हो । सबै प्रक्रिया मिलाउने कार्यबोझलाई ध्यान दिँदा २०७७ फागुन ७ लाई तोक्दा उपयुक्त दिन हुन सक्छ । निर्वाचनका सबै प्रक्रियालाई मिलाउन काम गर्ने समय अवधि पनि चाहियो, त्यो भएर पनि यो समय उपयुक्त ठानेका हौं ।- File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot