Logo

एमसीसी सम्झौता खतरनाक-विप्लव समूह (विज्ञप्तिसहित)



काठमाडौं, ७ पौष । नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकाको मिलेनियम च्यालेन्स कर्पोरेशन एमसीसी नेपालका निम्त खतरनाक भएको तर्क गरेको छ । सोमबार एमसीसीबारे आधिकारिक धारणा सार्वजनिक गर्दै उसले सम्झौता नेपाललाई फसाउने षड्यन्त्र भएको उल्लेख गरेको छ ।

‘नेपाललाई मोटो रकमको गुलियो विषमार्फत फसाउन एमसीसी सम्झौतामा फसाउने षड्यन्त्र गरिरहेको छ,’ विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो सम्झौता राजनीतिक र सामरिक दुवै दृष्टिले नेपालका निम्ति खतरनाक छ ।
विप्लव समूहले सदन र सडक सबैतिरबाट सम्झौताविरुद्ध संघर्ष अघि बढाउन अपिल समेत गरेको छ ।’

उसले सम्झौतालाई राष्ट्रघाती भन्दै नेपालमा सैन्य अखडा कायम गराउन ढोका खेलिदिएको आरोप समेत लगाएको छ । त्यसविरुद्ध प्रतिरोध गर्ने चेतावनी समेत दिएको छ ।

एमसीसीलाई विप्लव समूहले एमसीसीलाई हिन्द प्रशान्त रणनीतिको अंगको रुपमा रहेको भन्दै अमेरिकाले नेपाललाई प्रयोग गर्ने नियत राखेको आरोप लगाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot