Logo

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु



काठमाडौँ, ८ पुस : काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा आज बिहान नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गाडीको ठक्करबाट प्रदेश नं ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकल चालक ४० वर्षीय अर्जुनबहादुर केसीको घटनास्थलमै ज्यान गएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । मोटरसाइकलमा सवार श्रेष्ठका १४ वर्षीय छोरा अमिन भने सकुशल छन् ।

प्रहरीका अनुसार कलङ्कीतर्फ आइरहेको मोटरसाइकललाई सोही दिशातर्फ आइरहेको गाडीले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाइएको छ । ठक्कर दिने गाडीको पहिचान नभएकाले खोजी जारी रहेको उनले बताए ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot