Logo

नर्सिङ सङ्घको चुनाव आज



काठमाडौँ, ९ पुस । नेपालका ९० हजार नर्सको प्रतिनिधित्व गर्ने नेपाल नर्सिङ सङ्घको चुनावमा दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन् । बुधबार देशभरका २१ स्थानबाट हुने नर्सहरूको निर्वाचनमा दुई समूह आआफ्ना मुद्दा प्रस्तुत गर्दै निर्वाचनमा होमिएका हुन् ।

प्रगतिशील र पेसागत समूहका नर्सहरू चुनावी प्रतिस्पर्धामा छन् । प्रगतिशील समूहबाट मनकुमारी राई अध्यक्षको प्रत्यासी हुन्, भने पेसागत समूहबाट नर्सिङ सङ्घको निर्वाचनमा मुना राना थापाले अध्यक्षमा प्रतिस्पर्धा गरेको छ । नर्सिङ परिषद्मा ९० हजार नर्स दर्ता छन् । प्रगतिशील समूहबाट अध्यक्षकी प्रत्यासी राईले नेपालमा नर्सहरू अझै भोलेन्टिएर रूपमा काम गर्न बाध्य भएको भन्दै यस्तो प्रथा अन्त्य गर्ने बताए। उनले निजी तथा संस्थागत अस्पतालमा सुत्केरी बिदा नपाइने गरेको भन्दै उनीहरूलाई सरकारीसरह सेवासुविधा र बिदा उपलब्ध गराउन पहल गर्ने बताए ।  यता पेसागत समूहबाट अध्यक्ष पदका प्रत्यासी मुना राना थापाले आफूले युवा नर्सहरूलाई समेट्ने भन्दै आफ्नो समूहमा युवा नर्सलाई प्राथमिकता दिएको बताए।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot