Logo

कोहीपनि नडुब्ने समुन्द्र



मानिसहरु समुन्द्रमा डुबेर मर्ने गरेका छन् । कोही त समुन्द्रको किनारमा बस्न पनि डराउँछन् । आज हामी एक समुन्द्रको बारेमा जानकारी दिन खोजिरहेका छौ । यहाँ बिना लाइफ ज्याकेट पानीमा तैरिन सकिन्छ । कोही पनि डुब्दैनन् ।

डेड सी नाम गरेको समुन्द्र जोर्डन र इजरायलको विचमा रहेको छ । यसलाई साल्ट सी पनि भनिन्छ । यो समुन्द्रमा नुनको मात्रा धेरै रहेकाले यँहाको पानी बढी चर्को हुन्छ । यसकारण यसमा कुनै जीव नै बस्दैनन् । यस समुन्द्रको पानीलाई सबैभन्दा गहिरो र पानी चर्को भएको पनि भनिन्छ । यहाँ पानीमा प्रशस्त मात्रामा खनिज पाइनुका साथै सुत्दा पनि धेरै फाइदा हुने गरेको छ ।

डेड सी समुन्द्रमा नुहाएमा धेरै रोग पनि निको हुने गरेको छ । पानीमा नुनको मात्रा धेरै हुनाले कोही व्यक्तिपनि डुब्दैेनन् । यसैले मानिसहरु यो समुन्द्रमा तैरन मन पराउछन् ।



प्रतिक्रिया दिनुहोस्