Logo

सुगाले खोलिदियो श्रीमानको सबै पोल



घरमा सुगा पालेका छौ भने निकै काम लाग्नेछ । हामी आफ्नो घरको सुरक्षाको लागि हिंड्न क्यामेरा वा सिसिटिभि क्यामेरा प्रयोग गरेका हुन्छौं । यस्ता इलेक्ट्रोनिक प्रविधिबाट बच्च सकिएला तर सुगाबाट बच्न नसकिने पुष्टि भएको छ । सुगाले आफ्नो मालिकको घर बिग्रनबाट बचाएको छ ।

वास्तवमा एक मालिकले आफ्नो सोखका कारण सुगालाई घर ल्याएका थिए । त्यो मालिकको नाम आशिक मिजा हो । उनले आफ्नी नोकरानीसँग अवैध सम्बन्ध राख्ने गरेका थिए । सुगाले आफ्नो मालिकको कर्तुत देखिरहेको हुन्थ्यो । एकदिन मालिक्नीको अगाडि मालिकको सबै पोल खोेलिदिएका थिए ।

मालिकले नोकरानीसँग जिस्कदै गरेको कुराकानी रटेर मालिक्नीलाई बताइदिएका थिए । यो सबै कुराकानी सुनेर मालिक्नी अदालत पुगेकी थिइन् । उनले अदालतमा आफ्नो पति अवैध प्रेम सम्बन्धमा भएको भन्दै मुद्धा दायर गरेकी थिइन् । मुद्धा पेश गरेपछि सुगालाई अदालतमा उपस्थित गराइयो ।

उक्त अदालतमा सुगाले इमानदारीको साथ सारा सच्चाई बताइदियो । तर, वकिलले सुगाले रेडियो वा टिभि जस्तो सुचनाको माध्यमबाट सुनेको ठोकुवा गरेकाले मालिक र मालिक्नी बिचको बिग्रन लागेको घरबार जोडिएको बताइएको छ ।
उक्त सुगालाई मालिकले घरमा राख्न नमाने पनि मालिक्नीले आफ्नै घरमा राख्ने निर्णय गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot