Logo

भिखारीले भगवान रामलाई दिए चादीको मुकुट



हामीलाई लाग्ने गर्छ के भिखारीले दान दिन सक्ला । भिखारीले के दान दिन सक्ला र भन्ने हाम्रो मान्यतालाई दक्षिण भारतको विजयवाडामा यदिरेड्डीले गरेको दानले गलत सावित गराइदिएको छ । दान गर्नुलाई धन होइन मन चाहिन्छ भन्ने पनि प्रमाणित उनले गरिदिएका छन् ।

यदिरेड्डी मन्दिरको बाहिर भीख मागेर बसेका हुन्छन् । उनले गरेको चाँदीको मुकुट भगवान श्रीरामलाई दानको कारण निकै चर्चामा छन् । उनले गरेको दानको कारण सबै मानिसलाई अचम्ममा पारेका छन् । यीनले भगवान साईबाबालाई पनि चादीको मुकुट दान गरीसकेका थिए ।

मन्दिरका अध्यक्ष गौतम रेड्डिको अनुसार उक्त मुकुटमा डेढ लाख रुपियाँ यदिरेड्डीले खर्च गरेका थिए । यो बाहेक उनले श्रद्धालुहरुको लागि २० हजार रुपियाँ दान गरिसकेका छन् ।

उनले पछिल्लो वर्ष देखि उक्त मन्दिरको अगाडी भीख मागेर बसेका थिए । उनले जति पैसा भीख मागे त्यो सबै भगवानमा नै अर्पित गरेको बताइएको छ । उनी आफ्नो कामबाट धेरै मानिसको प्रेरणाको श्रोत बनेका छन् ।
यीनी आफ्नो किशोरवस्थामा विजयवाडामा आएका थिए ।

उनले ४५ वर्षसम्म रिक्शा चलाएका थिए । जब उमेरले रिक्शा चलाउन सकेनन तब उनी मन्दिर बाहिर भीख माग्न शुरु गरेका थिए । उनको परिवारको कोही छैनन् । यसैले भगवानलाई आफ्नो सबै पैसा समर्पित गर्न चाहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot