Logo

सबै महिलाको कपाल ७ फिट लामो हुने गाउँ



प्रायः महिलालाई आफ्नो कपाल लामो होस् भन्ने चाहाना हुन्छ । लामो कपाल बनाउनको लागि सबै काम गर्छन् । कहिले ट्रिमिंग त कहिले स्पा गर्छन् । तर, विश्वको एउटा स्थान छ जहाँ गाउँका सबै महिलाहरुको कपाल करिब तीन फिट बाट ७ फिटसम्म लामो छ ।

वास्तवमा यो गाउँमा भएका जनजाती २०० वर्ष पुराना हुन् । जसमा ६० प्रतिशत महिलाहरु रहेका छन् । यहाँ महिए याओ जातिका महिलाहरुको कालो, चमकदार र लामो कपालले पूरै चीनमा अलग पहिचान बनाएको छ ।

यो गाउँका सबैभन्दा छोटो कपाल तीन फिट र लामो ७ फिटको रहेको छ । उक्त ठाँउमा युवतीहरु १८ वर्ष पुग्दा एकपटक कपाल काटिन्छ । यसको मतलब केटी जवान भएको र विवाहको लागि तयार भएको पुष्टि गरिन्छ । त्यसपछि उसको कपाल कहिले पनि काटिदैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot