Logo

नापी र मालपोत अधिकृतमाथि मुद्दा दायर



काठमाडौ, १५ पौष । नापी र मालपोत अधिकृतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अख्तियारले मंगलबार नापी गोश्वारा काठमाडौंका प्रमुख नापी अधिकृत शम्भुप्रसाद शर्मा र मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख मालपोत अधिकृत बिष्णुकुमार राईलाई भ्रष्टाचारको अभियोगमा पक्राउ गरी अनुसन्धानपछि मुद्दा दायर गरेको हो ।

सार्वजनिक बाटोको जग्गासमेत घुसाई कित्ता नम्बर र क्षेत्रफल कायम गरेकोले उक्त कार्यमा संलग्नहरुलाई मौजुदा कानुनबमोजिम कारबाही गरी पाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान गर्दा उनीहरुको संलग्नता रहेको पुष्टि हुन आएकोले निजहरुले साविक भ्रष्टाचार असुल उपर र जफत गरी नेपाल सरकारको नाममा कायम गरिपाउन समेत माग दाबी लिई मंगलबार विशेष अदालत, काठमाडौंमा मुद्धा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot