Logo

२५ वर्षसम्म हाते ग्रेनेडले ओखर फोरेको थाहा पाउँदा ….



ग्रेनेड बिष्फोटक पद्धार्थ हो । यो पड्कँदा जनधनको क्षति हुनसक्छ । तर, अञ्जालनमा एक व्यक्तिले हाते ग्रेनेडले ओखर फुटाइरहेका रहेछन् । उनले यसको जानकारी २५ वर्षपछि मात्र पाए ।

घटना चीनको हो । चीनको शांग्जी प्रान्तको अनकांग गाउँको एक व्यक्तिले २५ वर्षदेखि ओखर फोर्नलाई सानो हतियार प्रयोग गरिरहेका थिए । गाउँको सबै मानिसहरुसंग भएको गैरकानुनी सामानको विवरण प्रहरीले माग गरेको थियो ।

विवरण लिने क्रममा ती व्यक्तिले ओखर फार्ने औजार प्रहरीलाई देखाएका थिए । उक्त समयमा त्यो औजार हाते ग्रेनेड भएको प्रहरीले पुष्टि गरेको थियो ।

हाते ग्रेनेडमा पिन नलागेकाले पड्किन्छ वा पड्किदैन यसबारेमा प्रहरीले जाँच गरेको बताइएको छ । १९६० को दशकमा बनाइएको यो औजार १९९१ मा कसैले यी व्यक्तिलाई दिएको अनुमान लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot