Logo

१०६ वर्षकी महिलाले ६६ वर्षीय प्रेमीसंग गरिन् विवाहको छिनोफानो



माया गर्नलाई कुनै उमेर चाहिदैन भन्ने ब्राजीलमा भएको एक जोडीले प्रमाणित गरिदिएका छन् । यो जोडीको उमेर ४० वर्ष फरक रहेको छ । १०६ वर्षिया व्लादेमिराले ६६ वर्षिया आफ्नो प्रेमी अप्रसिडो डायास जेकबसंग विवाहको छिनोफानो गरेकी छिन् । यो जोडीले छिटो नै विवाह गर्ने योजना रहेको छ ।

जेकब र व्लादेमिराको ब्राजीलमा भेट भएको थियो । जेकबको हात प्यारालाइसिस भएको छ । उनको घर र रोजगारी पनि नभएको जनाइएको छ ।

जेकबलाई व्लादामिरालाई पहिलो पटक देख्दा नै माया बसेको बताएका छन् । उनी आफ्नो उमेर भन्दा धेरै भएपनि आफूले धेरै माया गर्ने जनाएका छन् ।

उनीहरुलाई छुट्टाछुट्टै राखेर सोधिएको प्रश्नमा दुवैले विवाह गर्ने बताएका थिए । डाक्टरले जेकब एक्लै बस्न सक्षम नभएका कारण उनीहरुलाई विवाह गर्न सल्लाह दिएका थिए । उनीहरुको वाँलंटियर्सको रिर्टायरमेन्टमा विवाहको छिनोफानो गरेका थिए । यी दुवैजनाको विवाह र बच्चाहरु भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्