Logo

डेट जाने युवतीलाई आइफोन दिने भनेपछि हजारौंको लाइन



व्यक्ति अनुसार मायाको परिभाषा फरक हुने गर्छ । अब माया मानिसप्रति भन्दा सामानमा देखिन थालेको छ । एक युवाले आफूसँग डेटिङ जाने युवतीलाई फाइभ स्टार होटलमा डिनर र आईफोन ७ दिने भनेपछि दुई हजार युवतीहरु उनीसँग डेट जानको लागि तयार भएका थिए ।

शकुल गुप्ताले प्रेम दिवसको दिनमा आफुसंग डेटिङ जान कोहि नमानेका कारण युवतीहरुलाई प्रभाव पार्नको लागि यस्तो अफर घोषणा गरेका थिए । उनले गरेको अफरमा युवतीहरुको लाइन लागेको थियो ।

उनले फेसबुकमा पोस्ट गरेको चार दिनमा उनको साथ दुई हजार युवतीहरु डेट जानका लागि तयार भएको जानकारी दिएका थिए । सबै युवतीहरुसँग डेट जान नमिल्ने भन्दै उनले पाँच युवतीहरु छनोट गरेका थिए ।

उनले पाँच युवतीसंग डेटिङ गएर आफ्नो बचन पुरा गरेको, फोटो र खाना खाएको र बिल पनि तिरेको सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्