Logo

अपाङ्गता परिचयपत्र बस्तीमा पुगी वितरण



सङ्खुवासभा, २२ पुस : धर्मदेवी नगरपालिकाले १५० अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । नगरपालिकाका उपप्रमुख शोभा घिमिरेले अपाङ्गता भएका व्यक्तिलाई सहजहुने स्थानमा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र वितरण गरिएको जानकारी दिए ।

नगरपालिकाले आफूहरुलाई पायक पर्ने स्थानमा शिविर सञ्चालन गरेर परिचयपत्र दिँदा औधि खुशी भएको फरक क्षमता भएका व्यक्तिहरुले बताएका छन् । कर्यविधि बनाई परिचयपत्र वितरण गरिएको नगर प्रमुख रमेशकुमार जिमीले जानकारी दिए ।

उनका अनुसार फरक क्षमता भएका व्यक्तिलाई अपाङ्गताका आधारमा चार किसिमको परिचयपत्र वितरण गरिएको थियो ।

शहरी स्वास्थ्य केन्द्र उद्घाटन

सङ्खुवासभाको चैनपुर नगरपालिका–४ को प्याङ्कोटमा शहरी स्वास्थ्य केन्द्रको चैनपुर नगरपालिकाका नगरप्रमुख भरतकुमार खत्रीले शुभारम्भ गरे । सोही नगरपालिकाको वडा नं ११ को सालडाँडा, वडा नं १ को गुफापोखरी, वडा नं ३ को रातमाट र ८ को बानेश्वरमा समेत शहरी स्वास्थ्य केन्द्रको सञ्चालनमा आइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot