Logo

तराईमा हुस्सु, साँझ पश्चिम पहाडमा वर्षाको सम्भावना



काठमाडौं, २८ पौष । तराईका अधिकांश भू-भागमा हुस्सु लागेको छ । अपरान्हबाट हुस्सु हट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कुहिरो लागेकाले चीसो रहने भन्दै महाशाखाले सतर्कता अपनाउन भनेको छ । नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएकोले तराईमा हुस्सु लागेपनि पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाए्रको छ ।

देशका पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली भई अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। Photo Source: mfd



प्रतिक्रिया दिनुहोस्

Screenshot