Logo

सौतेनी आमा–बुबाले दश वर्षसम्म छोरालाई कोठामा थुने



सौतनी छोराछोरीलाई पिटेको त सुनेको हो तर १० वर्षसम्म कोठामा थुनेर राखेको बारेमा आज हामी चर्चा गर्नेछौ । राज पटेल नामका एक युवक १० वर्षदेखि एउटा कोठामा थुनेर राखेको अवस्थामा प्रहरीले फेला पारेको छ ।

राजका सौतेनी आमा–बुबा आफ्ना नौ सन्तानका साथ पहिलो तला बस्ने गरेका थिए । राजलाई भने दोश्रो तलाको एक कोठामा थुनेर राखेका थिए ।
१० वर्षदेखि थुनिएका पटेललाई प्रहरी र सामाजिक कार्यकर्ताहरुको टोलीले मुक्त गराएका थिए । प्रहरीले पटेललाई थुनेर राखेको भन्ने सुचना पाएकोले उसलाई मुक्त गराउन सामाजिक संस्थाको कार्यकर्तालाई लिएर गएको थियो । उक्त समय पटेलको हालत खतम भइसकेको थियो ।

पटेलको साथमा ओढ्ने आछ्याउने केहि थिएन् । उनले रातमा प्लास्टिकले आफ्नो शरीर ढाकेका थिए । उनको शरीर निकै कमजोर भएको थियो । पुरै कोठामा पत्रिका लथालिंग अवस्थामा छरिएका थिए । २२ वर्षका पटेललाई त्यस्तो अवस्थामा राख्ने मातापितालाई हालसम्म कुनै कारवाही भएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot