Logo

ललिता निवासको ‘जग्गा कब्जा’ पछि सरकारद्धारा विप्लवलाई कारबाहीको चेतावनी



काठमाडौं, २ माघ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ललितानिवासको जग्गा कब्जाको घोषणा गरेपछि सरकारले त्यसलाई आतंकवादी गतिविधि भनेको छ । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारले सहेर नबस्ने चेतावनी दिए ।

‘ललितानिवासको जग्गा कब्जा गर्छु भन्नु आतंकवादी गतिविधि हो,’ मन्त्री बाँस्कोटा भने, ‘यसमा सरकार सहेर बस्दैन । सरकारले जग्गा कब्जा गर्छु भन्नेमाथि कडा कदम चाल्ने चेतावनी समेत दिए ।’

१ माघमा विप्लव समूहले पोष्टर टाँसेर जग्गा कब्जा भएको जनाएको थियो । उसले टाँसेको पोष्टरमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलसहित केही व्यापारीलाई कारबाहीको धम्की समेत दिइएको छ । उसले ललिता निवासको जग्गासँग सम्बन्धित रहेर कुनै कारोबार गरेमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

विप्लव समूहले नेकपा महासचिव पौडेलसहित भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ्ग, जग्गा व्यापारी शोभाकान्त ढकाल र रामकुमार सुवेदीको नाम हाइलाइट गरेर कारबाहीको चेतावनी दिएको हो । चेतावनी दिएको केही घन्टामै १ माघको साँझ शोभाकान्त ढकालको घरमा बम बिष्फोट गराएको छ । घटनाको भोलिपल्ट सरकार विप्लवप्रति कडा रुपमा प्रस्तुत हुने चेतावनीका साथ प्रस्तुत भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot