Logo

चीनको आर्थिक वृद्धिदर २९ वर्षयताकै कम



चीनको आर्थिक वृद्धिदर घटेको छ । तिव्र आर्थिक वृद्धि हासिल गरिरहेको चीनले सन् २०१९ मा ६.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको छ ।

विश्वकै दोस्रो ठूलो आर्थिक शक्ति चीनको अमेरिकासँगको व्यापार युद्धका कारण आर्थिक वृद्धि घटेको हो । सन् २०१८ मा चीनको आर्थिक वृद्धिदर ६.८ प्रतिशत थियो । यो २९ वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धि हो । चीनको कुल ग्राहस्थ उत्पादन १४५ खर्ब डलर पुगेको छ ।

विश्व अर्थतन्त्रमा असर गर्न सक्ने ईरान अमेरिका द्धन्द्धलाई चीनले सूक्ष्म तरिकाले नियाल्ने ग्लोबल टाइम्सले जनाएको छ ।- एजेन्सी 



प्रतिक्रिया दिनुहोस्

Screenshot