Logo

बाह्रविसे तीन दिनदेखि अशान्त



सिन्धुपाल्चोक, माघ ६ । राजमार्गको क्षेत्र मिचेर बनाइएका घर, टहरालगायत अस्थायी संरचना भत्काएको विषयमा व्यापारिक केन्द्र बाह्रविसे बजार तीन दिनदेखि अशान्त छ। शान्ति भड्किन नदिँन स्थानीय प्रशासनले आइतबार बाह्रविसे बजारमा निषेधाज्ञा नै जारी गर्नुप¥यो।

बाह्रविसे नगरपालिकाले शुक्रबार सडक क्षेत्र मिचेर बनाइएका घर, टहरा भत्काउन थालेपछि बजार अशान्त बनेको हो। अस्थायी संरचना भत्काउने कार्यको विरोध गर्दै केही बजारवासी विरोधमा उत्रिरहेका छन्। विरोधका बीच नगरपालिकाले बजारका अधिकांश घर, टहरा भत्काइ सकेको छ। यही विषयमा शुक्रबार खुसौनीबारीमा दुई पक्षबीच झडप भएको थियो।

अस्थायी संरचना भत्काएको विरोधमा एउटा समूहले शनिबार साँझ नगरपालिकाको कार्यालयमा तालाबन्दी ग(यो। भत्काउनु पर्छ र पर्दैन भन्ने पक्ष–विपक्षबीच थप झडप हुने स्थिति देखिएपछि स्थानीय प्रशासनले आइतबार बिहान आठ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा लगायो। बजारका होटल, पसल र शैक्षिक संस्था बन्द रहे।

निषेधाज्ञाकै बीच नगरपालिकाको कदमको विरोध गर्दै आएको समूहले नाराबाजी ग(यो। तीन दिनदेखि नै बजारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। निषेधाज्ञाको समयमा बिहान नेपाली सेनाले बजार गस्ती गरेको थियो। निषेधाज्ञा र सम्भावित झडपले बजारवासी संत्रस्त बने।

निषेधाज्ञाकै बीच पत्रकार सम्मेलन गरेर नगरपालिकाले घर, टहरा भत्काउनुको कारण खुलायो भने आन्दोलनकारीले विरोध गर्नुको औचित्य पुष्टि गर्ने प्रयास गरेको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot