Logo

जिल्याइए उखु किसान : पाएनन् भुक्तानी अझै



काठमाडौं, ८ माघ । चिनी मिलले सम्झौता पालना गरेका भए मंगलबार (माघ ७) भित्र उखु किसानले पुरानो बाँकी सबै भुक्तानी पाउनुपथ्र्यो। सरकारले दिलाएको विश्वासपछि त्यही आसमा उनीहरू आन्दोलन त्यागेर पुस १८ मा जिल्ला फर्किएका थिए। तर, गरिब किसान फेरि जिल्याइए।

आठ चिनी उद्योगले किसानलाई १ अर्ब २ करोड रुपैयाँ दिन बाँकी छ। आफैंले तोकेको म्यादमा जम्मा ३ उद्योगले १६ करोड १४ लाख रुपैयाँ मात्रै उपलब्ध गराएको उद्योग विभागले जनाएको छ। ‘हामीले जति प्रयास गरे पनि उद्योगीहरू अटेर गरी सम्पर्कमै आउन मानेनन्’, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, ‘चिनी उद्योगबाट अझै १ अर्बभन्दा बढी रकम भुक्तान हुन बाँकी छ।’ अटेरी उद्योगीविरुद्ध कस्तो कारबाही गर्ने भनेर मन्त्रालय छलफलमा जुटेको छ। यसै साता मन्त्रालयका तर्फबाट कठोर नीति अवलम्बन गर्ने संकेत स्रोतले गरेको छ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्

Screenshot